कटौती गरेको सेवा सुरु नगर्दा क्यान्सरका बिरामी मर्कामा
भक्तपुर क्यान्सर अस्पतालले कटौती गरेको रेडियोथेरापी सेवा पुनः सञ्चालन नहुँदा क्यान्सरका हजारौँ बिरामी मर्कामा परेका छन्।
भक्तपुर क्यान्सर अस्पतालले कटौती गरेको रेडियोथेरापी सेवा पुनः सञ्चालन नहुँदा क्यान्सरका हजारौँ बिरामी मर्कामा परेका छन्।
क्यान्सर रोगको रोकथाम र उपचारमा संलग्न काठमाडौं उपत्यकामा सञ्चालित एक मात्र सरकारी अस्पताल भक्तपुर क्यान्सर अस्पतालले रेडियोथेरापी सेवा बन्द गर्ने भएपछि हजारौं क्यान्सरका रोगीलाई मर्का पर्ने भएको छ।
आफ्नै बाबु ३–४ सय बिघाका ठूला जमिनदार। तर उनको सन्तुष्टिको आधार बाबुको सम्पत्ति बन्न सकेन। किसानको हँसिलो मुहार रोजे उनले। त्यसैले जमिनदारविरुद्ध उत्रे, घोषितरूपमै।
हाम्रो जस्तो कृषिप्रधान देशमा जनतालाई आकर्षित तुल्याउने भनेकै कृषिमै हो । तर कृषि तथा पशुपन्छी नाम गरेको मन्त्रालय मात्र कर्मचारीको हकहितका लागि गठन भएको ठानिएपछि छिमेकी मुलुकमा आश्रित हुन जानुको विकल्प नदेखिएको हो ।
अहिले स्थानीय सरकारहरूले जुन गतिमा बाँझो जग्गा उपयोगप्रति तदारुकता देखाएका छन्, यसलाई जारी राख्ने हो भने केही वर्षभित्रै हामी खाद्यान्न उत्पादन र व्यवस्थापनमा चमत्कार गर्न सफल हुनेमा शङ्कै छैन ।
हामीकहाँ नेपालीलाई चाहिने जति खाद्यान्न उत्पादन पक्कै हुन्छ तर हामीले आफैँ उत्पादन गरेका खाद्यान्न मिलाएर खान जानेनौँ । त्यसैले सबैले भने जति भात खान नपाउनुलाई हामीले भोकमरीको लालमोहर लगाइदियौँ जबकि यो भोकमरी नभई भातमरी मात्र हो ।
हजारौँ मानिसले १ वर्षसम्म घर नफर्कने व्रत लिएका छन्। दुनियाँका लागि समय दान दिएर लागेका उनीहरूको विश्वास छ– गरिबी र अन्याय निर्मूल पार्न कठिन छ तर सम्भव छ।
कार्यस्थलमा हुने यौन दुर्व्यवहार नियन्त्रण क्षेत्रमा पनि यही अवस्था छ। भएका कानुन लागु नगर्ने तर नभएका कानुन अघि सारेर ‘कारबाही गर्न सकिएन’ भनेर गोहीको आँसु चुहाउने प्रवृत्तिले निरन्तरता पाइरहेको छ।
एकातिर प्राविधिक उद्योगले पु-याएका योगदानभन्दा ३ गुणा बढी अर्थात् प्रतिवर्ष १० खर्ब ८० अर्ब अमेरिकी डलर बराबरको योगदान महिलाले बिनापारिश्रमिकका सेवामूलक कार्य गरेर विश्व अर्थतन्त्रमा पु-याइरहेका छन्।
पशु सेवा कार्यालय, दार्चुलाले १०० वटा बोयर बोका खरिद गरेकामा ५७ मात्र वितरण भए। ४३ बोका कहाँ हराए ? यति बोकाको गोठालो हुने हैसियतसम्म नभएको कृषि मन्त्रालयले मुलुकको यति ठूलो कृषि क्षेत्र कसरी संरक्षण गर्ला ?
डडेलधुरास्थित काष्ठमाडौँको ग्वान्नीमा बस्छिन्, राजुदेवी शाही । घरवरिपरि जङ्गल छ । पाखो जमिन भएकाले मकैबाहेक अरू बाली लगाउनै मिल्दैन । नलगाउँ बाँझै रहने । लगाऊँ बँदेलले सोत्राम पारिदिने । अझ त्यसमाथि बाँदर र भालुले पनि उत्तिकै सताउने । हैरान थिइन्, उनी । गाउँका किसानलाई सहयोग गर्न आइपुगेको एउटा कार्यक्रमले सिमी लगाए यो समस्याबाट मुक्ति मिल्ने सुझाएपछि उनले त्यसै गर्न थालिन् ।
सप्तरीको कञ्चनरूप नगरपालिका–१२, धरमपुरस्थित गहेडी टोलमा बस्छिन्, जागिन सदा। झुपडी नै भए पनि उनको घरले घामपानी छेक्थ्यो। त्यही झुपडी पनि ३ वर्षअघि सरकारले भत्काइदियो, नयाँ बनाइदिने भनेर। त्यसयता उनको घरको गारो त उठ्यो तर अहिलेसम्म छाना लाग्न सकेको छैन। वर्षा, हुरी, घाम, चट्याङ जे भए पनि त्यही ठाउँमा बस्नुको विकल्प छैन, उनीसँग।
सीता राई भूकम्पले भत्काएपछि नयाँ घर बनाउँदै थिइन्। घर बनाउने क्रममा सरकारले दिने दोस्रो किस्ता भर्खर प्राप्त भएको थियो। त्यति नै बेला उनी सुत्केरी भइन्। ६ जना छोरीमाथि अर्की छोरी र छोरो (जुम्लाहा) थपिए। दोस्रो किस्ता सुत्केरी खर्चमै सकियो। बन्दाबन्दैको घर स्थगित।
सिन्धुपाल्चोकस्थित साविक किउल गाविस–५ का शोभाराम विक निगाले घ्याङ गुठीका मोही हुन्। फिल्डबुकमा जोताहामा उनको नाम पनि छ। यही प्रमाणका आधारमा उनले मोहियानी हकका लागि निवेदन दिए। तर गुठियार जमलिङ लामाले मोही शोभाराम नभई आफैँ भएको दाबी गर्दै मुद्दा हाले। ५१ वर्षको उमेरदेखि मुद्दा लड्न थालेका शोभाराम यतिबेला ८० वर्ष भइसके। तर न्याय पाएका छैनन्। अब त उनी हिँड्नसमेत नसक्ने अवस्थामा पुगेका छन्। भएको ४ आना जग्गा पनि बिनामुआब्जा हेलम्बु राजमार्गले खाइदिएपछि उनका ३ छोरासमेत भूमिहीन भएका छन्।
बचाउन सकिने ज्यान र जोगाउन सकिने धन हेर्दाहेर्दै सत्यानाश भइरहेका छन्। मानौँ, हामी ‘निरो’ को नयाँ अवतार बन्न सकेकामा खुशी छौँ।