५ आश्विन २०८१ शनिबार
image/svg+xml

अम्मलीलाई जीवन परिवर्तनको पाठ सिकाउन फुटसल

लागूऔषध प्रयोगकर्ताको हिसाबले काठमाडौँ पछि सुनसरी देशकै दोस्रो ठूलो जिल्लामा पर्छ। जसले गर्दा पनि कुलतमा फसेका युवाहरुलाई खेलमा सहभागी गराएर कुलत त्याग्न सन्देश पुर्‍याउन फुटसल गरिएको श्री कृष्ण प्रणामी युवा परिषद् नेपाल प्रदेश नं. १ का उपाध्यक्ष श्याम पोख्रेलले बताए।

राजतन्त्र पुनः स्थापनाको माग गर्दै नारायणहिटी अगाडि धर्ना

उनीहरुले गणतान्त्रिक व्यवस्था खारेज गरौँ, हाम्रो राजा हाम्रो देश, प्राण भन्दा प्यारो छ, राजतन्त्र जिन्दावाद, हिन्दु राष्ट्र कायम गर्, राजा आउ देश बचाउ, राजा जनता एक हौँ, भ्रष्ट नेता मुर्दावाद लगायतका नारासहित विरोध जनाएका थिए।

नेपाली यु–१७ टोलीको बिदाइ

अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार श्रीलंकामा आइतबारबाट सुरु हुने साफ यु–१७ च्याम्पियनसिपमा सहभागी हुने नेपाली युवा टोलीको बिदाइ गरेको छ।

सुन्दरमणि आचार्य काभ्रे २ (क) मा कांग्रेसबाट सिफारिस

नेपाली कांग्रेसका युवा नेता सुन्दरमणि आचार्य काभ्रेपलाञ्चोक प्रतिनिधिसभा २ अन्तर्गत प्रदेश सभा (क) मा प्रत्यक्षतर्फ सिफारिस भएका छन्।

पठनशैलीको विकास गरौँः मन्त्री अथक

१५औँ राष्ट्रिय पुस्तकालय दिवसका अवसरमा ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रले कोहलपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री अथकले उक्त कुरा बताएका हुन्।

रौतहटले मनायो मोतीजयन्तीको अवसरमा लघुकथा दिवस

बज्जिका साहित्य संगम रौतहटले मोतीराम भट्टको जन्मदिवस तथा चौधौँ लघुकथा दिवस मनाएको छ।

नागरिकता विधेयक विरोध: देशभक्त युवा नेपाल र नेमकिपा सडकमा (फोटोफिचर)

नेमकिपाले नागरिकता विधेयकमा पुनः छलफल गरी देशको हितमा सहमतिका साथ अघि बढाउनुपर्ने माग अघि सारेको छ। यस्तै नागरिकता विधेयक मुलुकको हितमा नरहेको भन्दै गरिएको उक्त प्रदर्शनमा देशभक्त युवा नेपाल समूहमाथि प्रहरी हस्तक्षेप समेत भएको छ।

युवा संघले गर्‍यो बानेश्वरको फोहोर सफा (फाेटाेफिचर)

सोमबार बानेश्वरको सडकमा थुप्रिएको फोहोरलाई एमाले निकट युवाहरूले उठाएका हुन्।

नौ बुँदे घोषणापत्र जारी गर्दै सकियो सातौं राष्ट्रिय युवा सम्मेलन

'अन्तरपुस्ता ऐक्यबद्धता: सबै उमेर समूहमैत्री विश्व निर्माणमा साझा प्रतिबद्धता' भन्ने मुख्य नाराका साथ काठमाडौंमा जारी सातौं राष्ट्रिय युवा सम्मेलन नौ बुँदे घोषणापत्र जारी गर्दै सकिएको छ।

युवाहरुको सक्रियतामा पाटनको कृष्ण मन्दिर सरसफाई

युवा रुपान्तरणका विभिन्न लक्ष्य र योजना राखेको क्लबले आफ्ना कार्यक्रमहरु अब चरणबद्धरुपमा अगाडि बढाउने बताएको छ। उनीहरुको अभियानमा नेपाल प्रहरीले पनि सरसफाई गरी सहयोग गरेका थिए।

बेरोजगारी अन्त्य गर्न सरकार प्रतिवद्ध छः प्रधानमन्त्री

‘मुलुकमा युवा वर्गमा रहेको शैक्षिक बेरोजगारीलाई अन्त्य गर्न प्रतिवद्ध हुनुपर्ने आवश्यक छ। सरकारी तहबाट युवा केन्द्रित गतिविधिहरुको कार्य योजना निर्माण तथा कार्य सम्पादन कार्यभार रहेको युवा परिषदले पाएको छ। यसले युवा उद्यमशीलता विकास र युवालाई रोजगारी प्रवर्द्धन, विकास निर्माणमा युवा सहभागिता, युवा वर्गको नेतृत्व विकास र युवा स्वास्थ्य लगायत विभिन्न क्षेत्रमा काम गर्दै आएको छ।'

उद्योगधन्दा, कलकारखाना व्यवस्थित गर्न सके बेरोजगारीको समस्या हुँदैन: गहतराज

मन्त्री गहतराजले मुलुकमा विद्यमान बेरोजगारी समस्या, गरिबी, अभाव र अनिकालका समस्याहरु समाधानका लागि प्रदेशसभा र प्रतिनिधिसभाबाट आउने नयाँ जनप्रतिनिधिहरुले प्रयास गर्नुपर्ने बताएका हुन्।

‘फराकिलो हार हुनुमा अनुभवको कमी’

‘भारतसँग जित निकाल्नेमा हामी विश्वस्त थियौं। तर टोलीमा फिजिकल र टेक्निकल पाटोमा हामी कमजोर भयौं,’ कप्तान आयुषले भने, ‘पहिलो हाफ राम्रै खेलेका थियौं। तर दोस्रो हाफमा लगातार गोल खानुले टोलीमा अनुभवको कमी स्पष्ट देखियो। लगातार गोल खाएसँगै टोलीको मनोबल घट्यो। खेलमा फर्किन कठिन भयो।’

खेलाडी होस्टेल, फ्लिम हलसहित खेल सङ्ग्रहालय र कभर्ड हल

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले थ्री स्टार लेभलको खेलाडी होस्टेल, फ्लिम हलसहित खेल म्युजियम र राष्ट्रिय खेल भलिबलका लागि कभर्ड हल बनाउने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्