२३ असार २०८१ आइतबार
image/svg+xml
समाज

युवाहरुको सक्रियतामा पाटनको कृष्ण मन्दिर सरसफाई

सामाजिक सहानुभूति युवा क्लबले पाटनकाे कृष्ण मन्दिर क्षेत्र सरसफाई गरेको छ। युवाहरूको सक्रियतामा समाज रूपान्तरण नारासहित क्लबले आज (शनिबार) ललितपुरको पाटनस्थित कृष्ण मन्दिरमा सरसफाई गरेको हो।  

क्लबका युवाहरुले बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म मन्दिर परिषरमा सरसफाई गरेका थिए। युवा रुपान्तरणका विभिन्न लक्ष्य र योजना राखेको क्लबले आफ्ना कार्यक्रमहरु अब चरणबद्धरुपमा अगाडि बढाउने बताएको छ। उनीहरुको अभियानमा नेपाल प्रहरीले पनि सरसफाई गरी सहयोग गरेका थिए।  

सरसफाई कार्यक्रममा बोल्दै क्लबका अध्यक्ष सुवास विकले विभिन्न सामाजिक कार्यहरु गर्ने लक्ष्य राखेको बताए। क्लबले सरसफाई कार्यक्रमसँगै विभिन्न सरकारी विद्यालयहरुमा छिट्टै पुस्तकालय निमार्ण गर्ने अध्यक्ष  विकले जानकारी दिए।

विकले सम्पदा क्षेत्रहरू जोगाउन पर्ने हेतुले सरसफाई अभियान सञ्चालन गरेको बताए। उनले अबको दिनहरुमा युवा पुस्ता नै अगाडि बढ्नुपर्नेमा जोड दिए। क्लबले पाटन मन्दिर सरसफाइ सँगै छिटै अन्य ऐतिहासिक सम्पदा क्षेत्रहरुमा पनि सरसफाई गर्ने तयारी गरिरहेको छ।

प्रकाशित: २८ श्रावण २०७९ १४:४० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App