coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

नौ बुँदे घोषणापत्र जारी गर्दै सकियो सातौं राष्ट्रिय युवा सम्मेलन

'अन्तरपुस्ता ऐक्यबद्धता: सबै उमेर समूहमैत्री विश्व निर्माणमा साझा प्रतिबद्धता' भन्ने मुख्य नाराका साथ काठमाडौंमा जारी सातौं राष्ट्रिय युवा सम्मेलन नौ बुँदे घोषणापत्र जारी गर्दै सकिएको छ।

दिगो विकासका लागी राष्ट्रिय युवा संजालको आयोजनामा  शनिबारदेखि सुरू भएको सातौं राष्ट्रिय युवा सम्मेलन नौ बुँदे घोषणापत्र जारी गर्दै आइतबार सकिएको हो।

समापन कार्यक्रमका प्रमुख अतिथी राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष सुरेन्द्र बस्नेतले वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा  ४०%भन्दा धेरै युवाहरु निर्वाचित भएर आएकाले आम युवाहरुमा नयाँ आशा पलाएको बताए।

यसैगरी अधिकारको आन्दोलमा अगाडि बढ्ने युववर्गले आफ्नो जिम्मेवारी बोध गर्नुपर्ने उनको भनाइ थियो।

कार्यक्रमका अतिथि आयोनका महासचिव खिमानन्द देवकोटाले स्थानीय तहदेखी राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा निरन्तर युवा आन्दोलन र पैरवीको नेतृत्व गर्दै आएकोमा कार्यक्रम आयोजक संस्थालाई धन्यवाद दिँदै आगामी दिनमा पनि युवा अधिकार, सहभागिता तथा युवा सरोकारका विविध पक्षमा आवाज उठाउने नेतृत्वदायी संस्था बन्न शुभकामना दिए।

कार्यक्रममा आफ्नो मन्तव्य राख्दै  वातावरणविद् श्यामकृष्ण श्रेष्ठले ज्याननै जोखिममा राखेर वैदेशिक रोजगारीमा जानुपर्ने अवस्थाको अन्त्य गर्दै देशलाई युवा बस्न र टिकाउन लायक बनाउनुपर्ने बताए।

टि.डि. एच. जर्मनी नेपालका देशीय संयोजक मोनी श्रेष्ठले युवा सरोकारका विभिन्न पक्षमा सरकारी निकाय, सामाजिक संघसंस्था, युवाक्लव र संजाल तथा सबै सरोकारवालाहरुसंगको हातेमालोबाट मात्र युवा अभियानले सफलता प्राप्त गर्न सक्ने बताइन्।

कार्यक्रममा युवा उद्ध्यमशिलता ,जलवायु परिवर्तन र बिपत्त व्यवस्थापनमा युवाको भुमिका र पर्यावरणीय अधिकारको विषयमा सत्रहरु संचालन भएको थियो।

राष्ट्रिय युवा संजालका अध्यक्ष अमृत देवकाेटाकाे अध्यक्षतामा भएकाे सम्मेलनमा राष्ट्रिय युवा परिषद्, नेपाल पर्यटन बोर्ड र गैर सरकारी संस्था महासंघ, टि.डि. एच.जर्मनी, ए. आई.एन. स्ट्रोम फाउन्डेसन, गुड सेफर्ड, हुरेन्डेक नेपाल, ग्रामिण विकास संस्था काभ्रे लगायत २० भन्दा धेरै राष्ट्रिय तथा अन्तराष्ट्रिय संघसंस्थाहरुको समन्वय रहेकाे थियाे।सम्मेलनमा देशैभरिबाट १०० भन्दा धेरै युवाहरुको सहभागिता रहेको थियो।  

त्यस्तै राष्ट्रिय युवा संजालले आगामी वर्षहरुमा दक्षिण एसियालि  युवाहरुको सम्मेलनको तयारी गरिरहेको महासचिव सन्जिप न्यौपानेले जानकारी दिए।

प्रकाशित: ३० श्रावण २०७९ ०२:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App