२४ पुस २०८१ बुधबार
image/svg+xml
राजनीति

विश्वप्रकाशले वन मन्त्रीलाई झापा बोलाए, हात्ती र मानव द्वन्द्वबारे छलफल गर्ने

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गृह जिल्ला बोलाएपछि वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही झापा पुगेका छन् । झापाको बाहुनडाँगी लगायतका क्षेत्रमा हात्ती र मानवबिचको द्वन्द्वबारे अवलोकन र न्यूनीकरणका उपायबारे छलफल गर्न मन्त्री शाही मङ्गलवार झापा पुगेका हुन् । 

‘नेपाली कांग्रेसका महामन्त्री तथा झापा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य माननीय विश्वप्रकाश शर्मा ज्युको निमन्त्रणामा झापा पुगेको छु,’ झापा पुगेपछि मन्त्री शाहीले फेसबुकमा लेखेका छन् , ‘यहाँ रहँदा मैले झापाको बाहुनडागी लगायतका क्षेत्रमा हात्ती र मानव द्वन्द्व र यसले पारेको प्रभाव र न्यूनीकरणका उपायबारे यस प्रदेश, जिल्ला र स्थानीय तहका सम्पूर्ण सरोकारवाला निकायसँग छलफल गर्ने छु।’ 

प्रकाशित: २३ पुस २०८१ १४:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App