१५ वैशाख २०८१ शनिबार
image/svg+xml
फोटो फिचर

नागरिकता विधेयक विरोध: देशभक्त युवा नेपाल र नेमकिपा सडकमा (फोटोफिचर)

नागरिकता विधेयकको विरोधमा देशभक्त युवा नेपाल र नेपाल मजदुर किसान पार्टीले बिहीबार काठमाडौँ नयाँ बानेश्वर संसद् भवन अगाडि छुट्टाछुट्टै प्रदर्शन गरेका छन्।

नेमकिपाका सहभागीहरूले देशघाती नागरिकता विधेयक खारेज गर, भारतीय विस्तारवाद मूर्दावाद लगाएका नारा लगाएका थिए। नेमकिपाले नागरिकता विधेयकमा पुनः छलफल गरी देशको हितमा सहमतिका साथ अघि बढाउनुपर्ने माग अघि सारेको छ।

यस्तै नागरिकता विधेयक मुलुकको हितमा नरहेको भन्दै गरिएको उक्त प्रदर्शनमा देशभक्त युवा नेपाल समूहमाथि प्रहरी हस्तक्षेप समेत भएको छ। प्रहरीले सात प्रदर्शनकारी युवालाई पक्राउ गरेको छ।

आजको प्रतिनिधिसभा बैठकमा नागरिकता विधेयक पारित गर्ने कार्यसूची सार्वजनिक भएपछि संसद् भवन अगाडि प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ।

प्रकाशित: २ भाद्र २०७९ ०९:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App