१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

बेरोजगारी अन्त्य गर्न सरकार प्रतिवद्ध छः प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा रहेको युवा शैक्षिक बेरोजगारी अन्त्य गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन्।

शुक्रबार अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा युवा परिषद्ले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले युवा वर्गमा मुलुक भित्र रहेको शैक्षिक बेरोजगारीलाई अन्त्य गर्न आवश्यक देखिएको पनि बताएका हुन्।

प्रधानमन्त्री देउवाले युवा केन्द्रित गतिविधिहरुको कार्य योजना निर्माण तथा कार्य सम्पादन कार्यभार युवा परिषद्ले गर्नुपर्ने बताए। उनले सरकारले उद्यमशीलता विकास र युवालाई रोजगारी प्रवर्द्धन, विकास निर्माणमा युवा सहभागिता, युवा वर्गको नेतृत्व विकास लगायत विभिन्न क्षेत्रमा काम गर्दै आएको बताए।  

उनले भने,‘मुलुकमा युवा वर्गमा रहेको शैक्षिक बेरोजगारीलाई अन्त्य गर्न प्रतिवद्ध हुनुपर्ने आवश्यक छ। सरकारी तहबाट युवा केन्द्रित गतिविधिहरुको कार्य योजना निर्माण तथा कार्य सम्पादन कार्यभार रहेको युवा परिषदले पाएको छ। यसले युवा उद्यमशीलता विकास र युवालाई रोजगारी प्रवर्द्धन, विकास निर्माणमा युवा सहभागिता, युवा वर्गको नेतृत्व विकास  र युवा स्वास्थ्य लगायत विभिन्न क्षेत्रमा काम गर्दै आएको छ। यसलाई आगामी दिनमा अझ प्रवर्द्धन गरी बढी भन्दा बढी युवालाई सभागिता गराउन आवश्यक छ। युवालाई जीवन उपयोगी सीप र सिकाई स्वदेशमा नै सहज रुपमा जीवीकोपार्जन गर्नसक्ने बनाउन खाँचो रहेको छ। त्यसको लागि अन्तर पुस्ता सीप ध्यान हस्तानान्तरण लगायतका कार्यलाई थप प्रभावकारी बनाउनु पर्ने देखिएको छ।’

प्रधानमन्त्री देउवाले धेरै युवालाई विकास निर्माण तथा उद्यमशीलतामा सहभागिता गराउन आवश्यक रहेको बताए। उनले युवालाई जीवन उपयोगी सीप र सिकाई स्वदेशमा नै सहज रुपमा जीवीकोपार्जन गर्नसक्ने बनाउनुपर्ने बताए। प्रधानमन्त्री देउवाले युवालाई विकास निर्माणमा सहभागिता गराउन अन्तरपुस्ता सीप हस्तानान्तरण लगायतका कार्यलाई थप प्रभावकारी बनाउनु बताए।

प्रकाशित: २७ श्रावण २०७९ ०८:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App