२२ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

उद्योगधन्दा, कलकारखाना व्यवस्थित गर्न सके बेरोजगारीको समस्या हुँदैन: गहतराज

युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज (अथक)ले प्रदेशसभा र प्रतिनिधिसभाबाट निर्वाचित भएर आउने जनप्रतिनिधिहरुले मुलुकको विद्यमान बेरोजगारी समस्या समाधानको आधार खोज्नुपर्ने बताएका छन्।

मन्त्री गहतराजले मुलुकमा विद्यमान बेरोजगारी समस्या, गरिबी, अभाव र अनिकालका समस्याहरु समाधानका लागि प्रदेशसभा र प्रतिनिधिसभाबाट आउने नयाँ जनप्रतिनिधिहरुले प्रयास गर्नुपर्ने बताएका हुन्।

राष्ट्रिय युवा परिषदले शनिबार भक्तपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले मुलुकमा विद्यमान बेरोजगारी समस्या समाधानका लागि प्रकृतिले नै अवसर दिएको उल्लेख गर्दै युवाहरुलाई निराश नहुन पनि पटक-पटक आग्रह गरेका छन्।

पर्यटन र ठूला उद्योगधन्दा, कलकारखानाको स्थापना गरेर पनि मुलुकमा विद्यमान बेरोजगारी समस्या समाधान गर्न सकिने मन्त्री गहतराजको भनाइ थियो।

प्रकाशित: २१ श्रावण २०७९ ०९:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App