५ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

मोरलाई एमवाइएम चेसको उपाधि

एमवाइएम चेस प्रतियोगिताको खुला समूहतर्फ स्पर्धामा शनिबार मयंक अग्रवालले पहिलो भएका छन्।

मारवाडी युवा मञ्चको आयोजनामा सम्पन्न एकदिने प्रतियोगितामा अटल तेजले दोस्रो तथा चन्दन सिंहानिसाले (अंसुके अग्रवाल)ले तेस्रो भए। १२ वर्षमुनिको स्पर्धामा लक्ष्य मोरले सफलता पाए। वेद साह दोस्रो हुँदा साठी हर्षवर्धनले तेस्रो स्थानमा रहे।

दुई विधा रहेको प्रतियोगितामा कुल ५० खेलाडीले प्रतिस्पर्धा गरेका थिए। प्रतियोगिताको चेसका खेलाडी सीताराम अग्रवाल र मारवाडी सेवा समितिका अध्यक्ष कैलाश गोयलले उद्घाटन गरे।

कार्यक्रम मारवाडी युवामञ्चका अध्यक्ष शैलेन्द्र शर्माको अध्यक्षतामा सम्पन्न भएको थियो। मारवाडी समुदायमा चेस खेलबारे जागरण गराउन प्रतियोगिता महत्त्वपूर्ण साबित हुने विश्वास रहेको आयोजक कमिटीका प्रमुख विनय अग्रवालले बताए।

यस प्रतियोगितामा उपाधि जितेका मोरले केही दिनअघि माल्दिभ्समा सम्पन्न प्रतियोगितामा पनि उत्कृष्ट प्रदर्शन गर्दै रेपिड चेसमा पाचौं स्थान प्राप्त गरेका थिए।  

प्रकाशित: १५ श्रावण २०७९ ०१:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App