५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

ग्यास बुलेटको ठक्करबाट साइकलयात्रीको मृत्यु

पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका– १ गोरक्षेश्वर मन्दिरनजिकै ग्यास बुलेटको ठक्करबाट गएराति साइकलयात्रीको मृत्यु भएको छ।

हेटौंडाबाट थानाभर्‍याङतर्फ जाँदै गरेको एनएल ०१ एल ९०२६ नम्बरको ग्यास बुलेटले ठक्कर दिँदा साइकलयात्री भक्तपुरको सुँडाल घर भई हेटौंडा उपमहानगरपालिका– ११ थानाभ¥याङ बस्ने ६० वर्षीय रमेश पाण्डेको मृत्यु भएको प्रहरीले जनाएको छ।

ठक्करबाट गम्भीर घाइते पाण्डेलाई उपचारका लागि हेटौंडा अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए।

प्रहरीका अनुसार बुलेट र चालकलाई नियन्त्रणमा लिर्इ अनुसन्धान सुरु गरेको जनाएको छ। –रासस

प्रकाशित: ५ आश्विन २०८१ ०८:३० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App