अफगानिस्तानले पहिलो पटक दक्षिण अफ्रिकाविरुद्धको पटक एकदिवसीय सिरिज जितेको छ।
सारजहामा गएराति सिरिजको दोस्रो खेलमा दक्षिण अफ्रिकालाई १७७ रनको फराकिलो अन्तरमा हराउँदै अफगानिस्तानले ऐतिहासिक जित निकालेको हो । तीन खेलको सिरिजमा २-० को अग्रता बनाउँदै अफगानिस्तानले एक खेल अगावै सिरिज कब्जा गरेको हो ।
३१२ रनको उच्च लक्ष्य पछ्याएको दक्षिण अफ्रिका मात्र १३४ रनमा अलआउट भयो । उसका लागि क्याप्टेन टेम्बा बाभुवाले सर्वाधिक ३८ रन बनाए । दक्षिण अफ्रिकालाई सस्तैमा समेट्न रशिद खानले ५ र नांगेयालिया खारोठेले ४ विकेट लिए ।
यसअघि पहिला ब्याटिङ गरेको अफगानिस्तानले रहमानुल्लाह गुरबाजको १०५ र अजमतुल्लाह ओमारजईको ८६ रनको मद्दतमा निर्धारित ओभरमा ४ विकेट गुमाएर ३११ रन बनाएको थियो।
तेस्रो तथा अन्तिम खेल आइतबार हुनेछ ।
प्रकाशित: ५ आश्विन २०८१ १०:०२ शनिबार