२२ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

नेपाली यु–१७ टोलीको बिदाइ

अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार श्रीलंकामा आइतबारबाट सुरु हुने साफ यु–१७ च्याम्पियनसिपमा सहभागी हुने नेपाली युवा टोलीको बिदाइ गरेको छ।

एन्फा मुख्यालयमा सम्पन्न एक कार्यक्रमबीच एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङ, उपाध्यक्षहरू विराटजंग शाही, दीपक खतिवडा तथा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष शिव कोइराला लगायतले २३ खेलाडी र ६ अफिसियल गरी कुल २९ सदस्यीय नेपाली युवा टोलीको बिदाइ गरे। प्रतियोगितामा सहभागी हुन नेपाली टोली शुक्रबार कोलम्बो प्रस्थान गर्नेछ।

प्रतियोगिताका खेलहरू सोमबारबाट हुनेछन्। समूह ‘बी’ मा रहेको नेपालले बुधबार पहिलो खेल भुटानविरुद्ध खेल्नेछ भने दोस्रो खेल शुक्रबार साबिकको विजेता भारतविरुद्ध खेल्नेछ। समूह ‘ए’ मा आयोजक श्रीलंका, माल्दिभ्स र बंगलादेश छन्। प्रत्येक समूहका शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन्। सेमिफाइनलका खेलहरू भदौ २७ गते हुनेछन् भने फाइनल खेल भदौ २९ गते हुनेछ। नेपाली टोलीको प्रशिक्षक उज्जन श्रेष्ठले छोटो समयमा पनि राम्रो तयारी गरेकाले उपाधि जित्नेमा विश्वस्त रहेको बताए।

‘हामीले खुला छनोटबाट खेलाडी ल्याएका हांै, टोली सन्तुलित बनेको छ,’ श्रेष्ठले भने, ‘उमेरसमूहको प्रतियोगितामा सबै टोलीको स्तर समान छ। त्यसैले सुखद नतिजाको आशा छ ।’ नेपालले यसअघि पनि उमेरसमूहमा राम्रो प्रदर्शन गर्दै आएको छ। यसअघि प्रतियोगिता यु–१५ र यु–१६ हुने भए पनि पहिलो पटक यु–१७ को प्रतियोगिता हुन लागेको हो। नेपाल यसअघि सन् २०१३, २०१७ र २०१९ गरी तीन पटक फाइनलमा भारतसँग निराश भएको थियो। हामीसामु यस पटक प्रतियोगिताको उपाधि भिœयाउँदै इतिहास रच्ने अवसरसमेत छ।

नेपाली टोली

गोलकिपर:कृष्ण मोक्तान, समीर चन्द, रुवेन बोगटी

रक्षक: अश्विन घोरासैनी, सेमन्ता थापा, युनेस बुढाथोकी, मदन पौडेल, दीपक थापामगर, निशान्त तामाङ, युनिस मगर, विक्रम तामाङ, प्रीतम कार्की, धीरज विश्वकर्मा

मिडफिल्डर: प्रशान्त लक्ष्मण (कप्तान), मिरक लिङ्देन, सरोज धामी, हरिशराज भट्ट, लछु थापा

स्ट्राइकर: नीरज कार्की, धनसिंह विक, विनोद केसी, सिजल राई, सुवास बम।

प्रकाशित: १७ भाद्र २०७९ ०१:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App