१० आश्विन २०८१ बिहीबार
image/svg+xml

संसद्मा प्रतिपक्षको आवाज सुनिनुपर्छ: महेश बस्नेत

नेकपा (एमाले) का सांसद महेश बस्नेतले सार्वभौम संसद्ले प्रतिपक्षको आवाज सुन्नुपर्ने बताएका छन्।

केपी ओलीलाई संसदसँग घिन लाग्छ, उहाँलाई संसद देख्नै हुन्नः गगन थापा

‘केपी शर्मा ओलीलाई संसदसँग घिन लाग्छ, उहाँलाई संसद देख्नै हुन्न। उहाँले आफ्नो कार्यकालभरी संसदलाई हेप्नुभो। पटक–पटक भंग गर्नुभयो,' उनले भने, 'अहिले संसद पुनर्स्थापित भइसकेपछि उहाँलाई संसदसँग यति घृणा लाग्छकी यो संसदलाई उहाँले पंगु बनाउनुभएको छ। अहिलेको हर्कत हेर्दैगर्दा सिंगो नेकपा(एमाले) लाई संसद प्रतिको व्यक्तिको घृणाबाट पार्टीमा पुग्यो भन्न कर लागेको छ।

तीनकुने आर्च व्रिज: पप्पुलाई ६ करोड जरिवाना तिर्न ताकेता

काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले तीनकुनेस्थित वाग्मती नदीमा कमसल आर्च ब्रिज निर्माण गर्ने ठेकेदार कम्पनी पप्पु कन्सट्रक्सनलाई करिब ६ करोड रूपैयाँ तत्कालै भुक्तानी गर्न निर्देशन दिएको छ।

जसपाबाट मन्त्री बन्नेको सूची तयारी अवस्थामा

अध्यक्ष यादव आफैं पनि सरकारमा जाने सम्भावना रहेको स्रोतले बतायो। स्रोतका अनुसार प्रधानमन्त्री देउवाले जसपालाई उपप्रधानमन्त्री र परराष्ट्र या अरू कुनै महत्वपूर्ण मन्त्रालय दिन तयार भए उनी आफैं सरकामरा जाने भएका छन्। तर उपप्रधानमन्त्री नपाइएको अवस्थामा भने उनी आफू सरकारमा नजाने भएका छन्।

सदनमा एमालेको नाराबाजी

एमालेका सांसदले पार्टीले कारबाही गरेका माधवकुमार नेपालसहित १४ सांसदलाई पदमुक्त गर्न संसद् सचिवालयमा पठाएको पत्र कार्यान्वयन नगरेको भन्दै सभामुखविरुद्ध नाराबाजी गरी बैठक चल्न नदिएका हुन्।

संसद् अधिवेशनसामु चुनौतीका चाङ

संसद् अधिवेशनले बजेटलगायत महŒवपूर्ण विभिन्न विषयमा निर्णय लिनैपर्ने अवस्था छ तर प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सदन अवरुद्ध गर्ने तयारीमा छ।

जसपा लुम्बिनीको समानुपातिक प्रदेश सांसदमा निर्मला भुडभरी निर्वाचित

लुम्बिनी प्रदेशसभामा जनता समाजवादी पार्टी जसपाको रिक्त रहेको प्रदेशसभा सदस्यमा निर्मला मुडभरी भट्टराइ निर्वाचित भएकी छन्। निर्मला समानुपातिक मधेशी समावेशी समूहबाट निर्वाचित भएकी हुन्।

प्रदेश १ का १० सांसदले रोजे नेपालको पार्टी, मुख्यमन्त्री आचार्य अल्पमतमा

नेकपा एमाले प्रदेश १ का १० सांसदले माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका छन्। एमाले सांसदले बुधबार प्रदेश निर्वाचन कार्यालय विराटनगरमा एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका हुन्।

जसपा पनि टुक्रियो

हस्ताक्षर सनाखत गरेपछि निर्वाचन आयोगले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लाई दर्ता गर्ने निर्णय गरेको छ। यो निर्णयसँगै जसपा औपचारिक रुपमा विभाजित भएको छ।

सभामुखलाई दिएको धम्की प्रति सांसदको आपत्ति

एमालेका सांसदले विहीवार सभामुखलाई कार्यकक्षमै भेटेर र फोन गरेर कारबाहीको सूचना टाँस गर्न दबाब दिएका थिए भने अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले सार्वजनिक कार्यक्रमबाटै सभामुखलाई ताेकर सदन चल्न नदिने बताएका थिए।

संकटमा प्रदेश १ सरकार: तानातानमा एमाले सांसद

एमाले औपचारिक रूपमा फुट्ने निश्चितजस्तै भएपछि प्रदेश १ सरकारले प्रदेशसभाको चालु अधिवेशन अन्त्य गरेको थियो। प्रदेशसभामा अविश्वासको प्रस्ताव आउने डरले सरकारले हतारहतार अधिवेशन अन्त्य गरेको आरोप प्रतिपक्षी दलहरूले लगाउँदै आएका छन्।

गुम्ला त १४ सांसदको पद

एमालेले पार्टीको ह्विप उल्लंघन गरेको भन्दै माधव नेपालसहित १४ सांसदलाई पदमुक्त गर्न संसद् सचिवालयमा पत्र पठाएपछि उनीहरूको सांसद पद गुम्छ या गुम्दैन भन्ने बहस सुरु भएको छ।

एमाले विभाजनको असर: बाँकेमा तीन जना केन्द्रीय सदस्य माधव समूहमा, तीन सांसद ओलीतिर

नेकपा एमालेबाट अलग भएर नयाँ पार्टी नेकपा एमाले(समाजवादी) दर्ता गरेको माधवकुमार नेपाल समूहमा बाँकेबाट प्रतिनिधित्व गर्ने तीन जना केन्द्रिय सदस्य गएका छन्।

लुम्बिनी प्रदेशः सांसद कारबाहीको माग गर्दै सदन अवरुद्ध

लुम्बिनीमा सत्तारुढ गठबन्धनका दुई सांसदलाई कारबाहीको माग गर्दै एमालेले दोश्रो दिन पनि प्रदेशसभा बैठक अवरुद्ध गर्‍यो। बुधबार संसद बैठक सुरु भए लगत्तै एमालेका सांसदहरुले नाराबाजी गर्दै रोष्टम घेराउ गरेपछि सदनको कारबाही अगाडि बढ्न सकेन।

एमालेले गर्‍यो माधव नेपालसहित १४ सांसदलाई कारबाही (नामावलीसहित)

नेकपा एमालेले माधवकुमार नेपालसहित प्रतिनिधिसभाका १४ सांसदलाई कारवाही गरेको छ। उनिहरुलाई सांसदबाट पदमुक्त गर्न संसद सचिवालयलाई सूचना दिएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्