coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

प्रदेश १ का १० सांसदले रोजे नेपालको पार्टी, मुख्यमन्त्री आचार्य अल्पमतमा

नेकपा एमाले प्रदेश १ का १० सांसदले माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका छन्। एमाले सांसदले बुधबार प्रदेश निर्वाचन कार्यालय विराटनगरमा एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका हुन्।  

राजेन्द्र राई, राजन राई, उपेन्द्र घिमिरे, सावित्रा रेग्मी, खिनु लङ्वा लिम्बू, गणेश काङ्माङ, कृष्णकुमारी राई, पदमकुमारी गुरुङ, सुनिता चौधरी र सरिता थापाले सनाखत गरेका छन्। योसँगै मुख्यमन्त्री भीम आचार्य अल्पमतमा परेका छन्।  

माधव नेपाल खेमा छाडेर केपी ओली खेमामा लागेका आचार्य १० भदौमा प्रदेश १ को मुख्यमन्त्री नियुक्त भएका थिए। अल्पमतमा परेपछि उनले विश्वासको मत लिनुपर्नेछ।

९२ सदस्यीय प्रदेशसभामा नेकपा एमालेका ५१ सांसद थिए। १० जनाले नयाँ दल रोजेपछि एमालेमा ४१ सांसद मात्रै हुनेछन्। प्रदेश १ मा नेपाली काङ्ग्रेसका २१, माओवादी केन्द्रका १५, जनता समाजवादी पार्टीमा ३ र अन्य दुई साना दलमा १–१ जना सांसद छन्।

प्रकाशित: १६ भाद्र २०७८ ०८:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App