१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

सभामुखलाई दिएको धम्की प्रति सांसदको आपत्ति

प्रमुख प्रतिपक्षी दल एमालेका सांसदहरू आफ्नो पार्टीका १४ सांसदलाई पदमुक्त गर्न आनाकानी गरेको भन्दै सभामुख अग्निप्रसाद सापकोटालाई कर्य कक्षमै भेटेर दिएको भनिएको धम्की प्रति विभिन्न राजनितिक दलका सांसदले आपत्ति जनाएका छन्। 

सोमबार नेपाली कांग्रेस, नेकपा माओवादी, जनता समाजवादी पार्टी, राष्टिय जनमोर्चा र माधव नेपाल पक्षिय नेता जीवनराम श्रेष्ठले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै आपत्ति जनाएका हुन्। 'नेपालको संबैधानिक व्यवस्था अनुसार सभामुख पद व्यवस्थापिकाको प्रमुख हुनुका साथै संघीय संसदको संरक्षक पनि होु, वक्तव्यमा भनिएको छ,'सभामुख विरुद्धका धम्कीपूर्ण अभिव्यक्तिहरु वर्तमान संबैधानिक व्यवस्था र लोकतान्त्रिक प्रणाली विरुद्ध हुन्।'

एमालेले वैशाख २७ को प्रतिनिधिसभा बैठकमा तत्कालीन प्रधानमन्त्री ओलीले विश्वासको मत लिने क्रममा ह्वीप उल्लंघन गरेको भन्दै १४ सांसदलाई कारबाही गरेको पत्र गत मंगलबार संसद् सचिवालयमा पठाएको थियो। एमालेले सांसदहरू माधवकुमार नेपाल, जीवनराम श्रेष्ठ, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, विरोध खतिवडा, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी, पुष्पाकुमारी कर्ण, सरला यादव, कलिला खातुन, कृष्णलाल महर्जन, नीरादेवी जैरु, भवानी खापुङ र मेटमणि चौधरीलाई पदमुक्त गर्ने निर्णय गरेको थियो।

एमालेका सांसदले विहीवार सभामुखलाई कार्यकक्षमै भेटेर र फोन गरेर कारबाहीको सूचना टाँस गर्न दबाब दिएका थिए भने अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले सार्वजनिक कार्यक्रमबाटै सभामुखलाई ताेकर सदन चल्न नदिने बताएका थिए।

प्रकाशित: ७ भाद्र २०७८ ०८:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App