१० आश्विन २०८१ बिहीबार
image/svg+xml

संसद्‌मा बोलिने शब्द कुन संसदीय कुन असंसदीय ?

बिहीबारको बैठकमा माओवादी केन्द्रका सांसद मातृका यादवले निवर्तमान प्रधानमन्त्री केपी ओली र एमाले सांसदहरूप्रति लक्षित गरेको अभिव्यक्ति विवादमा पर्‍यो। उनले ‘निवर्तमान प्रधानमन्त्री केपी ओली फिजिकल्ली र मेन्टल्ली ठीक हुनुहन्न, उहाँले परमादेशबाट बनेको सरकार बारम्बार भने पनि सांसदहरूले आफैंलाई अपमान हुनेगरी किन परमादेश भनेको ?’ भन्दै संसद्‌मा आक्रोश पोखेका थिए।

लुम्बिनी प्रदेश: गठबन्धनलाई सघाएको भन्दै एमालेद्वारा मन्त्री शाही र सांसद खत्रीलाई कारबाहीको धम्की

मन्त्री शाहीलाई एमालेले बिहीबार साँझ स्पष्टीकरण पत्र पठाएको हो। मुख्यमन्त्री कुलप्रसाद केसी नेतृत्वको सरकारमा सहभागी भएको भन्दै एमालेले मन्त्री शाहीलाई स्पष्टीकरण सोधेको हो। शाही सुर्य चिन्हबाट स्वतन्त्र निर्वाचित प्रदेश सांसद हुन्।

कुलमान बुढो भएपछि के गर्छ त यो सरकारले? : सांसद महत

‘पुरानो सरकारले हनुमान मात्रै देख्यो। नेपाल सरकारले कुलमान मात्रै देख्यो। एउटा सरकारले हनुमान बाहेक अरु नदेख्ने, एउटा सरकारले कुलमान बाहेक अरु नदेख्ने। यसको मतलव मैले कुलमानलाई हनुमानसँग दाँजेको होइन, हनुमानले त हाम्रो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान धुँजाधुँजा पारिहाले,' उनले भने।

प्रधानमन्त्रीले एमाले फुटाएर मात्रै मन्त्रिपरिषद् विस्तार गर्न चाहे: विमला राई

'सबैभन्दा ठूलो पार्टी कहिले फुट्ला र फुटेपछि मेरो सरकार टिकाउन मन्त्रिपरिषदमा ज्वाईन गराउला भनेर पर्खेर बस्ने प्रधानमन्त्री हो? यति कमजोर प्रधानमन्त्री। चिन्ता शेरबहादुर जी कमजोर हुनु भो भनेर होइन, चिन्ता फेरि संसदीय व्यवस्था कमजोर हुन्छ भन्ने हो। यो व्यवस्थालाई कमजोर बनाउने काम नगर्न प्रधानमन्त्रीलाई मेरो अनुरोध छ।’

सांसदहरूले देखाए समस्यैसमस्या

राष्ट्रियसभाको शुक्रबारको बैठकमा बोल्दै सांसदहरूले मुलुकमा जताततै समस्यैसमस्या देखाएका छन्। बैठकमा बोल्दै एमाले सांसद कोमल वलीले दार्चुला घटनामा सरकारले एक शब्द पनि बोल्न नसकेको बताइन्।

माओवादी केन्द्रले भन्यो : सांसदलाई बन्धक बनाइनु लज्जास्पद

नेकपा (माओवादी केन्द्र)ले लुम्बिनी प्रदेशसभा सदस्य विमला खत्री वलीलाई मुख्यमन्त्रीको निवासमा बन्धक बनाएको भनिएको घटनालाई लोकतन्त्र, राजनीतिक, मानव अधिकार र व्यक्तिगत स्वतन्त्रतामाथिको लज्जास्पद घटना भएको टिप्पणी गरेको छ।

सांसद वली भन्छिन्ः जबरजस्ती मुख्यमन्त्री निवासमा लगेर राखियो, शाैचालयको चप्पल लगाएर भागे

‘हामी पनि नेपालगञ्ज जाने हो संगै जाऔं भन्नु भयो। सांसद जस्तो व्यक्तिलाई मैले विश्वास गरेर गाडीमा बसें’, वलीले भनिन्। तुलसीपुरबाट अमिलिया आएपछि नेपालगञ्ज जाने बाटो छोडेर गाडी बुटवलतर्फ मोडिएपछि बल्ल आफू आत्तिएको उनले बताइन्।

संघीयताको विषयमा सरकार आफै अनविज्ञः सांसद बिडारी

राष्ट्रियसभाका सांसद रामनारायण बिडारीले संघीयताको विषयमा सरकार आफै अनविज्ञ रहेको टिप्पणी गरेका छन्।

पार्टी ह्वीपविपरीत विश्वासको मत दिने एमालेका चार सांसद पदुमक्त

पार्टी ह्वीपविपरीत विश्वासको मत दिने एमाले कर्णाली प्रदेशका चार सांसद पदुमक्त भएका छन्।

सम्पर्कविहीन भनिएकी सांसद बिमलाले भनिन्ः घाँटीको उपचारका लागि नेपालगन्जमा छु

सम्पर्कभन्दा बाहिर रहेकी लुम्बिनी प्रदेशसभा सदस्य बिमला खत्रीले आफू उपचारका क्रममा नेपालगन्जमा रहेको बताएकी छिन्।

बर्खास्तमा परेका लुम्बिनीका दुई सांसद सर्वोच्चमा

नेकपा माओवादी केन्द्र छोडेर एमालेमा प्रवेश गरेपछि सांसद पद गुमाएका प्रदेश सभा सदस्यहरु दधिराम न्यौपाने र दिनेश पन्थीले पुर्नबहालीको माग गर्दै सर्वोच्च अदालतमा निवेदन दिएका हुन्।

ठाकुर पक्षका पाँच सांसद यादवतिर

यादव पक्षले शनिबार बोलाएको संसदीय दलको बैठकमा ठाकुर पक्षका चार सांसदको उपस्थिति थियो भने एक सांसदले बैठकमा उपस्थित नभए पनि यादवलाई साथ दिने आश्वासन दिएका छन्।

संसद् पुन: स्थापनापछि सांसदहरू खुसी

सांसदहरूले जिज्ञासा राखे पनि माधव नेपाल समूहले अहिले देउवा सरकारको पक्षमा मतदान गर्ने नगर्ने विषयमा कुनै निर्णय भने गरेको छैन। सर्वोच्च अदालतले गरेको फैसलाले संविधानलाई एउटा बाटोमा लगेको एमाले बाहेक अन्य सांसदको भनाइ छ।

प्रतिगमन परास्त गर्न अझै सकिएको छैन: श्रेष्ठ

अतिक्रमित भूभाग, इपिजीको प्रतिवेदन वार्ताको विषय नबन्ने तथा एकपछि अर्को गरेर आन्तरिक मामिलामा भएको हस्तक्षेपको प्रतिवाद नगरेर विदेशी हस्तक्षेप स्वीकार गर्ने मात्र होइन, आमन्त्रण गरेर राष्ट्रिय स्वाधीनतालाई गम्भीर संकटमा पुर्‍याउनु भएको छ, यो क्षम्य छैन।

प्रदेश सांसदको द्वन्द्वले १ सय २२ जनाले रोजगारी गुमाए

लक्षित बेरोजगारलाई रोजगारी दिने उद्देश्यले छुट्याइएको मुख्यमन्त्री रोजगार कार्यक्रम अन्तर्गतको २० लाख रुपैयाँ प्रदेश सांसद खड्कबहादुर खत्री र सीता नेपालीको द्वन्द्वका कारण कार्यान्वयन भएन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्