११ आश्विन २०८१ शुक्रबार
image/svg+xml

‘दलको आदेश मान्नेबाहेक सांसदसँग विकल्प हुन्न’

प्रधानमन्त्री केपी ओलीका कानुन व्यवसायीले संसदीय व्यवस्थामा दलको आदेश नमान्ने छुट सांसदलाई नभएको बताउँदै अर्को दलका व्यक्तिलाई प्रधानमन्त्री बनाउन समर्थन गर्नु कानुनविपरीत भएको तर्क गरेका छन्।

लुम्बिनी प्रदेशः सकसमा एमाले, माओवादी सांसदलाई स्पष्टीकरण

‘एमालेका कार्यक्रमहरुमा सहभागी भएको, जिल्ला कमिटी बैठकमा समेत सहभागी भएको र सूर्य चिन्हबाट चुनाव लडेको भन्दै मलाई एमालेको सांसद दाबी गरियो,’ सांसद बिमलाले भनिन्, ‘मलाई तीन दिनको स्पष्टीकरण सोधिएको थियो, त्यो अवधि शुक्रबार सकिएको छ, तर मैले स्पष्टीकरण बुझाएको छैन ।’

प्रधानमन्त्रीविरुद्ध धम्की दिने प्रदेश सांसदलाई कारबाहीको माग

नेकपा (एमाले) निकट विभिन्न दश जनसङ्गठनले प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई ज्यान मार्ने धम्की दिने वाग्मती प्रदेशसभाका सदस्य नरोत्तम वैद्यलाई कारवाही गर्न माग गरेका छन् ।

प्रदेश १ नीति तथा कार्यक्रमः सत्तारूढ सांसदकै आलोचना

प्रदेश १ को सरकारले ल्याएको नीति तथा कार्यक्रमको विपक्षी दलका सांसदहरूले मात्रै हैन सत्तापक्षका सांसदहरूले पनि आलोचना गरेका छन्। शनिबारको प्रदेशभा बैठमा नीति तथा कार्यक्रम माथिको छलफलमा भाग लिने सत्तारुढ दल नेकपा एमालेका सांसदहरूसमेत नीति तथा कार्यक्रमको आलोचना गरेका हुन्।

वैद्यले आत्मालोचना गर्दै भनेः भावावेशमा आएर त्यस्तो अभिव्यक्ति दिए

वाग्मती प्रदेश सभामा कांग्रेस सांसद नरोत्तम वैद्यले प्रधानमन्त्रीविरुद्ध प्रदेश सभामा दिएको अभिव्यक्ति फिर्ता लिएका छन्।

एमालेले वैद्यको अभिव्यक्तिको निन्दा गर्दै भन्योः प्रधानमन्त्रीको हत्या गर्न दिएको धम्कीलाई गम्भीर रुपमा लिएका छौँ

नेकपा एमालेले नेपाली कांग्रेसका वाग्मती प्रदेश सांसद नरोत्तम वैद्यको अभिव्यक्ति आपत्तिजनक र निन्दनीय भएको जनाएको छ।

सुदूरपश्चिममा एमालेको विवाद चर्कदैः ओली पक्षका ७ सांसदलाई स्पष्टीकरण

नेकपा एमाले सुदूरपश्चिम प्रदेशसभाका सदस्यहरूले प्रदेश सरकारको मुख्यमन्त्री त्रिलोचन भट्टको विश्वासको मतको पक्ष र विपक्षमा मतदान गरेसँगै सुदूरपश्चिममा एमालेको विवाद चर्किएको छ। नेकपा एमालेको स्थायी कमिटीले प्रदेश सरकारका मुख्यमन्त्री भट्टलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो।

'बजेट दल विशेषको सस्तो लोकप्रियता र निर्वाचनका लागि प्रचारमुखी छ'

विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने साना दलका सांसदले सरकारले नेपाली जनताले लामो सङ्घर्ष र बलिदानबाट प्राप्त गणतन्त्र र लोकतन्त्रलाई नै उपहास गर्ने ढङ्गले जनमत(संसद्)लाई छलेर चुनाव र प्रचारमुखी बजेट ल्याएको आरोप लगाएका छन्।

यादव पक्षका ५ सांसदले कित्ता फेरे

कित्ता परिवर्तन गरी ठाकुर पक्षमा पुग्ने सांसदमा उमाशंकर अरगरिया, विमल श्रीवास्तव, रुही नाथ, कल्लुदेवी विश्वकर्मा र रेणुका गुरुङ छन्। ठाकुर पक्ष सरकारमा जाने निश्चित भएपछि उनीहरूले कित्ता परिवर्तन गरेको स्रोतको भनाइ छ।

रिट लिएर १३९ सांसद सर्वोच्चमा

रिटमा १४६ सांसदको हस्ताक्षर छ। उनीहरुको नागरिकताको प्रतिलिपि पनि समावेश गरिएको छ। हस्ताक्षर गर्नेमध्ये १३९ जना अदालतमै उपस्थित भएका थिए भने ६ जनाले प्रतिनिधि पठाएका थिए।

संसद पुनर्स्थापना र देउवालाई प्रधानमन्त्री नियुक्त गर्न सर्वोच्चमा रिट

विपक्षी गठबन्धनका सांसदहरुले संसद पुनर्स्थापना गर्न र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन्।

भोजपुरका पूर्वसांसद बस्नेतको कोरोनाका कारण निधन

चौहत्तर वर्षीय बस्नेतको उपचारका क्रममा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आज बिहान साढे ३ बजे निधन भएको उनको पारिवारिक स्रोतले जनाएको छ।

विपक्षी दलबाट निवर्तमान सांसद्को नागरिकतासहित हस्ताक्षर सङ्कलन, भोलि रिट दायर गर्ने

प्रतिनिधिसभा विघटनको विपक्षमा उभिएका विपक्षी राजनीतिक दलका निवर्तमान सांसदले सर्वोच्च अदालतमा रिट दायरका लागि हस्ताक्षर सङ्कलन गरेका छन्।

एमालेले गर्‍याे नेपालसहित ११ सांसदलाई कारबाही, सुरुमा स्पष्टीकरण मागिने

अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको स्थायी कमिटी बैठकले पार्टी अध्यक्षलाई प्रधानमन्त्री पदबाट हटाउन विपक्षी दलसँग मिलेर हस्ताक्षर गरेको अभियोगमा माधव नेपाल समूहका ११ सांसदलाई कारबाही गर्ने निर्णय गरेको बैठकमा सहभागी नेता एवं परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्