१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

एमालेले वैद्यको अभिव्यक्तिको निन्दा गर्दै भन्योः प्रधानमन्त्रीको हत्या गर्न दिएको धम्कीलाई गम्भीर रुपमा लिएका छौँ

नेकपा एमालेले नेपाली कांग्रेसका वाग्मती प्रदेश सांसद नरोत्तम वैद्यको अभिव्यक्ति आपत्तिजनक र निन्दनीय भएको जनाएको छ। आज पार्टीका प्रवक्ता प्रदीप ज्ञवालीद्वारा जारी एक विज्ञप्तिमा प्रधानमन्त्री केपी शर्मा ‌ओलीको हत्या गर्न दिएको धम्कीलाई गम्भीर रुपमा लिएको बताउँदै पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।

उक्त विज्ञप्तिमा भनिएको छ, 'वाग्मती प्रदेशसभाको हिजोको बैठकमा एकजना सदस्यले सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीको हत्या गर्न दिएको धम्कीलाई नेकपा एमालेले अत्यन्त गम्भीर रुपमा लिएको छ।'

यस्तै, प्रधानमन्त्रीको हत्याका लागि अरुलाई समेत दुरुत्साहन गर्ने र आवश्यक परे आफै पनि हत्याका लागि तयार रहेको वैद्यको अभिव्यक्ति आपराधिक, अत्यन्त आपत्तिजनक र निन्दनीय भएकाे पनि उल्लेख गरिएको छ।

'उक्त अभिव्यक्तिको घोर भत्सर्ना गर्दै हाम्रो पार्टी यो विषय मुलुकको फौजदारी कानुन समेत आकर्षित हुने विषय हो भन्ने ठान्दछ र यस विषयमा सम्बद्ध राजनीतिक दलको समेत गम्भीर ध्यानाकर्षण गर्दछ', जारी विज्ञप्तिमा जनाइएकाे छ।

प्रकाशित: २९ जेष्ठ २०७८ ०५:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App