७ वैशाख २०८१ शुक्रबार
राजनीति

पार्टी ह्वीपविपरीत विश्वासको मत दिने एमालेका चार सांसद पदुमक्त

पार्टी ह्वीपविपरीत विश्वासको मत दिने एमाले कर्णाली प्रदेशका चार सांसद पदुमक्त भएका छन्। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले साेमबार चार सांसद पदमुक्त हुने फैसला गरेको हो।  

फैसलासँगै एमाले सांसदहरू प्रकाश ज्वाला, अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढा पदमुक्त भएका छन्। उनीहरुले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका थिए।

पार्टीले गरेको कारबाहीका आधारमा पदमुक्त भएका चारैजनालाई न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले अन्तरिम आदेशमार्फत पुनर्वहाली गरेको थियो। सो अन्तरिम आदेश खारेजीको माग गर्दै अध्यक्ष ओली पक्ष अदालत गएका थिए। 

यो सँगै केपी शर्मा ओलीलाई राहत भएको छ।

प्रकाशित: १८ श्रावण २०७८ १२:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App