१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

सम्पर्कविहीन भनिएकी सांसद बिमलाले भनिन्ः घाँटीको उपचारका लागि नेपालगन्जमा छु

सम्पर्कभन्दा बाहिर रहेकी लुम्बिनी प्रदेशसभा सदस्य बिमला खत्रीले आफू उपचारका क्रममा नेपालगन्जमा रहेको बताएकी छिन्। दाङ प्रहरी प्रमुख सुरेशप्रसाद काफ्लेसंगको फोन सम्पर्कमा आएकी सांसद खत्रीले आफ्नो घाँटीमा समस्या रहेको र अहिले नेपालगन्जमा उपचारका क्रममा रहेको बताइन्। 

प्रहरी प्रमुख एसपी काफ्लेका अनुसार सांसद खत्रीसंग उनको शुक्रबार राती र शनिबार बिहान दुई पटक फोनमा कुराकानी भएको थियो।  

‘उहाँ (खत्री) सम्पर्कविहीन भएको खबर सुनेपछि मैले उहाँलाई शुक्रबार राती फोन गरेको थिएँ, उहाँले आफ्नो घाँटीमा समस्या रहेको र नेपालगन्जमा उपचारका क्रममा रहेको बताउनु भएको थियो,’ एसपी काफ्लेले भने,‘उहाँले आफूलाई अन्य कुनै अप्ठ्यारो नभएको बताउनु भएको थियो।’ 

यसैगरि काफ्लेसंगै सांसद खत्रीले शनिबार बिहान पनि आफू ठिक रहेको बताएकी थिइन्। ‘शनिबार बिहान पनि मेरो कुरा भएको छ, उहाँले आफू ठिक भएको बताउनु भएको छ,’ एसपी काफ्लेले भने।  

बिहीबार बेलुकासम्म सम्पर्कमै रहेकी खत्री शुक्रबार बिहानदेखि सम्पर्कबाट टाढा भएकी थिइन्। प्रदेशसभाको उपनिर्वाचनबाट तत्कालीन नेकपाबाट निर्वाचित खत्रीले १९ वैशाखमा माओवादी केन्द्र रोजेकी थिइन्। 

माओवादीले उनलाई शुक्रबार बिहानदेखि सम्पर्क गर्न खोजेपछि उनीसंग कुराकानी हुन नसकेको भन्दै सांसद खत्री सम्पर्कविहीन भएको जनाएको थियो।

प्रकाशित: १६ श्रावण २०७८ ०८:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App