१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
राजनीति

बर्खास्तमा परेका लुम्बिनीका दुई सांसद सर्वोच्चमा

पार्टी परिर्वतन गरेपछि बर्खास्तमा परेका लुम्बिनी प्रदेशका दुइ जना सांसद अहिले अदालत पुगेका छन्। नेकपा माओवादी केन्द्र छोडेर एमालेमा प्रवेश गरेपछि सांसद पद गुमाएका प्रदेश सभा सदस्यहरु दधिराम न्यौपाने र दिनेश पन्थीले पुर्नबहालीको माग गर्दै सर्वोच्च अदालतमा निवेदन दिएका हुन्।  

नेपालको संविधान र नेकपा माओवादी केन्द्र संसदीय दलको बिधान विपरित आफुहरुलाइ प्रदेशसभा सदस्यबाट हटाइएको भन्दै उनीहरुले सर्वोच्चमा निवेदन दिएका हुन्। गत फागुन देखि नै नेकपा माओवादी छोडेर एमालेमा सक्रिय भएका पन्थी र न्यौपानेले अहिले भने आफुहरु माओवादीमै रहेको भन्दै सदस्य पद बचाइदिन सर्बोच्चमा अपिल गरेका हुन्।

फागुन २३ मा सर्वोच्च अदालतले नेकपा विघटन गरी एमाले र माओवादी केन्द्र अस्तित्वमा ल्याइदिएपछि दुबै जना माओवादी छोडेर एमालेमा प्रवेश गरेका थिए। माओवादी छोडेर एमालेमा सक्रिय भएको भन्दै पार्टीले उनीहरुलाइ कारबाही गरेको थियो। माओवादीको पत्रको आधारमा सभामुख पूर्णबहादुर घर्तीले दुवै जनालाइ प्रदेशसभा सदस्यबाट पदमुक्त गरीदिएका हुन्।  

न्यौपाने रुपन्देही क्षेत्र नं. १ ख र पन्थी गुल्मीको क्षेत्र नं. १ ख बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन्। उनीहरुले नेकपा माओवादी केन्द्र,लुम्बिनी प्रदेशसभा सचिवालय,सभामुख र निर्वाचन आयोगलाइ विपक्षी बनाइ निवेदन दिएका छन्। तत्कालिन अवस्थामा माओवादी केन्द्र र एमालेको संयुक्त घोषणापत्रका आधारमा निर्वाचन लडेको जिकीर गर्दै उनीहरुले विधि विधान विपरित जनताका जनप्रतिनिधिलाइ हटाउन नपाइने दावी गर्दै सर्वोच्च पुगेका हुन्।

प्रकाशित: १४ श्रावण २०७८ ०७:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App