१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
राजनीति

चीन उड्नुअघि परराष्ट्रमन्त्रीले भनिन्- बीआरआई अनुदानमा हुन्छ

परराष्ट्रमन्त्री डा. आरजू राणा देउवाले बीआरआई अनुदानमा हुने बताएकी छन् ।

बिहीबार चीन उड्नुअघि उनले यस्तो बताएकी हुन् । विमानस्थलमा पत्रकारहरूसँग उनले भनिन्, 'बीआरआई अनुदानमा हुन्छ ।'

अगाडि उनले भनिन्, 'बीआरआईबारे कांग्रेस र एमालेबीच मतभिन्नता रहेको भन्ने कुरा मिडियाले सिर्जना गर्‍यो । तर, त्यस्तो छैन । सरकारले एकरूपताका साथ काम गरिरहेको छ ।'

परराष्ट्रमन्त्री राणा प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको तयारीका लागि त्यसतर्फ प्रस्थान गरेकी हुन् । प्रधानमन्त्री ओलीले आगामी मंसिर १७ गतेबाट चीनको भ्रमण गर्दैछन् ।

प्रकाशित: १३ मंसिर २०८१ १५:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App