२१ असार २०८१ शुक्रबार
image/svg+xml

‘प्रतिनिधिसभाको विघटन संविधान र लोकतन्त्रमाथिको कठोर प्रहार’

खोटाङका पाँच राजनीतिक दलले संविधानको धारा ७६ को उपधारा ५ अनुसार प्रधानमन्त्री नियुक्त गर्ने प्रक्रियाका क्रममा बदनियतपूर्वक प्रतिनिधिसभा विघटन गरी संविधान र लोकतन्त्रमाथि कठोर प्रहार गरिएको जनाएका छन्।

लोकतन्त्रमा 'सोलो डान्स' को अर्थ छैनः प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रमा ‘सोलो डान्स’को अर्थ नरहने भन्दै दलिय अनुशासन तोड्नेको समर्थनको कुनै अर्थ नरहने बताएका छन्।

लोकतन्त्र रक्षाका लागि सरकारको नेतृत्व नेपाली कांग्रेसले गर्नुपर्छः पूर्वराष्ट्रपति यादव

गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले मुलुकको लोकतन्त्र खतरामा रहेको बताएका छन्। नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटका तिलकप्रसाद सापकोटाले लेखेको ‘यात्रा निरन्तर’ पुस्तकको शनिबार विमोचन गर्दै यादवले लोकतन्त्र रक्षाका लागि सरकारको नेतृत्व नेपाली कांग्रेसले गर्नुपर्ने बताए।

लोकतन्त्र जोगाउन कांग्रेसको नेतृत्वमा सरकार : रामचन्द्र पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतान्त्रिक व्यवस्था जोगाउन नेपाली कांग्रेसको नेतृत्वमा सरकार आवश्यक रहेको बताएका छन्। नेपाली कांग्रेस मोरङका पूर्व सभापति अशोक कोइरालाको ९ औं दिनको पुण्य तीथिका अवसरमा विराटनगरस्थित पार्टीको कार्यालयमा आयोजित श्रद्धाञ्जलीसभालाई सम्बोधन गर्दै पौडेलले लोकतन्त्र जोगाउन कांग्रेसको नेतृत्वमा सरकार आवश्यक रहेको बताएका हुन्।

'अब लोकतन्त्र रहेसम्म कसैले पनि पाँच वर्षसम्म संसद् भङ्ग गर्न सक्दैन'

पूर्वराष्ट्रपति डा. यादवले भने, “संसद् विघटन बदर गर्ने सर्वोच्च अदालतको फैसलाले संविधान मजबुत बनाएको छ। अब लोकतन्त्र रहेसम्म कसैले पनि पाँच वर्षसम्म संसद् भङ्ग गर्न सक्दैन। म संविधानलाई बचाउने अदालतलाई धन्यवाद तथा फैसलाको लागि सम्मान गर्न चाहन्छु।”

अपराधमा उन्मुक्ति

प्रजातन्त्र वा लोकतन्त्र दिवस जे भनौँ, यो अपराधीलाई चोख्याउने अवसर र दिवस हुनुहुँदैन । तर अहिले पहुँच, पैसा र निकटताको आडमा सरकारले अपराधीलाई उन्मुक्ति दिए पनि न्यायको खोजीमा विराम लाग्ने छैन । चाहे सरकार प्रमुख हुन् वा राष्ट्र प्रमुख, सबै कानुनअनुसार नै चल्नुपर्ने हो, कानुन भन्दा माथि कोही पनि हुँदैन र हुनुहुँदैन ।

लोकतन्त्रको आधार स्तम्भ राजनीतिक दलः पूर्वराष्ट्रपति डा. यादव

उनले भने, 'अहिले सबैभन्दा ठूलो दल विभाजित भएको छ भने अर्को दल कांग्रेसको अवस्था पनि ठीक छैन।' उनले प्रश्न गरे,'सबैभन्दा ऐतिहासिक, लोकतन्त्र र समाजवादीको पर्यायवाची बनेको पार्टीको अवस्था के छ ? ठीक छ ?'

नागरिकको 'टुँडिखेल मार्च'

बृहत नागरिक आन्दोलनको आह्वानमा टुँडिखेलमा मार्च भएको छ। रत्नपार्कबाट सुरु भएको मार्च भद्रकाली, शहीद गेट हुँदै संकटा मन्दिरमा पुगेको थियो।

कांग्रेसले जवाफ देला ?

मुलुकमा सक्रिय मध्यको नेपाली कांग्रेस सबैभन्दा पुरानो राजनीतिक दल हो। पुरानो राजनीतिक दल भएकाले मुलुकको राजनीतिक मात्र होइन सामाजिक परिवर्तनमा उसको योगदान अवश्य नै धेरै छ। त्यसमा पनि कांग्रेसले २००७ सालमा १०४ वर्ष लामो राणा शासन अन्त्यदेखि देशमा प्रजातन्त्र स्थापना, पुनस्र्थापनादेखि संविधानसभाबाट संविधान जारी गर्नसम्म मात्र होइन त्यसको कार्यान्वयनको अगुवाइ र नेतृत्व उसैले गर्योस।

लोकतन्त्र जोगाउन सडकमा

‘कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओली संविधान मिच्दैमिच्दै अगाडि बढेका छन्। ओलीको एकपछि अर्को अधिनायकवादी चरित्र उदांगो भएको छ, जसले उनी निरंकुश शासक हुन् भन्ने पुष्टि हुन्छ।’

म्यानमारमा लोकतन्त्रविरुद्ध मनपरी

लामो समयसम्म सैन्य शासन भोगेर लोकतन्त्रिकीकरणको बाटोमा लागेको म्यानमारमा अहिले फेरि सैन्य कु भएको छ । यसले म्यानमारको लोकतन्त्रिकीकरणको बाटो अवरुद्ध गरेको छ । साथै लोकतान्त्रिक प्रणालीले स्थायित्व प्राप्त नगरिसकेका मुलुकहरूमा समेत यो घटनाले अधिनायकवादी शक्तिहरूलाई उत्साहित बनाउन सक्छ ।

जनतामा सार्वभौमसत्ता ल्याउने त्यो सुझबुझ

मुलुकमा लोकतन्त्र आएपछि सबै ठिक हुन्छ भन्ने लागेको थियो । नेपाली कांग्रेस समाजवादी पार्टी हो । कम्युनिष्ट पार्टी त झन् क्रान्तिकारी भइहाले । यी दुवै पार्टी मिलेर संयुक्त जनआन्दोलनका माध्यमबाट लोकतन्त्र ल्याउनुपर्छ भन्ने पुष्पलालको सिद्धान्तअनुसार हामी हिडेका हौं ।

कम्युनिस्टद्वारा लोकतन्त्रमाथि हमला

एकदलीय सर्वसत्तावादमा विश्वास गर्ने माक्र्स लेनिनका चेलाहरूले संसदीय व्यवस्थालाई प्रयोग गरी सत्ता हत्याउने नीतिअनुसार नै नेपालमा राज्यसत्ता कब्जा गरी आफूअनुकूल सञ्चालन गरिरहेका छन् ।

जनताबाट प्राप्त विश्वास जनतामै फर्काएका छौँ : मन्त्री ज्ञवाली

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सरकारले निर्वाचनमा जाने निर्णय गरेर जनताबाट प्राप्त विश्वास जनतामै फर्काएको बताएका छन्। उनले लोकतन्त्रमा जनता नै सर्वेसर्वा भनिए पनि विभिन्न बहानामा केही नेताको लेनदेनमा देशलाई अड्काउन खोजिएपछि सरकारले निर्वाचनमा जाने निर्णय गरेको बताए।

लय गुमाउँदै लोकतन्त्र

लोकतन्त्र हिजो जस्तो रहेन । यसले आफ्नो स्वरप गुमाएको छ । उदार लोकतन्त्रका आधार भत्किएपछि त्यसैभित्रबाट तानाशाही व्यवस्थाको उदय हुन्छ । लोकतन्त्रका नाममा नक्कली लोकतन्त्रको जगजगी त्यसै भएको होइन अहिले ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्