२४ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

लोकतन्त्रमा 'सोलो डान्स' को अर्थ छैनः प्रधानमन्त्री

न्यायलाई मोर्चाले प्रभावित गर्न सक्दैन

प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रमा ‘सोलो डान्स’को अर्थ नरहने भन्दै दलिय अनुशासन तोड्नेको समर्थनको कुनै अर्थ नरहने बताएका छन्। आइतबार बालुवाटारमा पत्रकारसंग अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले दुवैतिर मान्छे दोहोरिएका कारण अन्ततः विघटनको बाटोमा गएको बताएका हुन्।  

‘केही हाम्रो सांसदको किर्ते हस्ताक्षर गरेर उता लगेका रहेछन्, केही उताका यता आएका रहेछन्’, उनले भने, ‘संविधानको धारा ५ अनुसारको सरकार बन्न दाबी सदर हुनु अवस्था नदेखेर विघटनको बाटोमा गयो।’  

त्यस्तै, संसद विघटनविरुद्धको विपक्षी गठबन्धनतर्फ इंगित गर्दै न्याय पाउन मोर्चाको जरुरी नहुने बताए। ‘सहि भए एकले हालेपनि धेरैले हालेपनि पाउने न्याय एउटै हो,’ उनले भने, ‘ त्यसैले मोर्चा कसेर बल पुर्‍याएर जानुको अर्थ छैन। अन्यायलाई मोर्चाले प्रभावित गर्नं सक्दैन।’

प्रकाशित: ९ जेष्ठ २०७८ ०९:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App