१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

लोकतन्त्र जोगाउन कांग्रेसको नेतृत्वमा सरकार : रामचन्द्र पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतान्त्रिक व्यवस्था जोगाउन नेपाली कांग्रेसको नेतृत्वमा सरकार आवश्यक रहेको बताएका छन्। नेपाली कांग्रेस मोरङका पूर्व सभापति अशोक कोइरालाको ९ औं दिनको पुण्य तीथिका अवसरमा विराटनगरस्थित पार्टीको कार्यालयमा आयोजित श्रद्धाञ्जलीसभालाई सम्बोधन गर्दै पौडेलले लोकतन्त्र जोगाउन कांग्रेसको नेतृत्वमा सरकार आवश्यक रहेको बताएका हुन्। 

पौडेलले कांग्रेसको नेतृत्वमा चुनाव हैन व्यवस्थाको रक्षा गर्नुपर्ने बेला आएको स्पष्ट पारे। उनले भने, ‘कांग्रेसको नेतृत्वमा निर्वाचन हैन, व्यवस्था जोगाउन कांग्रेसको नेतृत्व आवश्यक छ।’ नेता पौडेलले लोकतन्त्रको रक्षा गर्न ओली सरकारको विकल्प दिनुपर्ने बताए। ‘लोकतन्त्रलाई रक्षा गर्न ओली सरकारको विकल्प खोज्नुपर्छ’ पौडेलले भने, ‘आफैले विकल्प दिनुपर्छ। अरुले ठिक्क पारेको खान र धोति फेर्न खोज्नु हुँदैन।’ कांग्रेस इतिहासले दिएको जिम्मेवारी बोक्न तयार हुनुपर्ने पौडेलले बताए। पौडेलले सभापति डराए अरु नेता जिम्मेवारी लिन तयार हुनुपर्ने धारणा राखे।  

कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला असल व्यक्तित्व रहेको बताए। ‘उहाँ हरदम संघर्षशिल व्यक्तित्व हुनुहुन्थ्यो’ कोइरालाले स्मरण गरे। नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले अशोक कोइराला अनुशासित नेता भएको बताए। अशोक कोइरालाजस्तो अनुशासित हुन नेपाली कांग्रेसका नेता कार्यकर्ताले उनीबाट प्रेरणा लिनुपर्ने डा कोइरालाको धारणा छ। 

कोइरालाले मुलुकलाई निकास दिन नेपाली कांग्रेसको नेतृत्वमा चुनावी सरकार गठन गर्नुपर्ने बताए। कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरू डा मिनेन्द्र रिजाल, गुरुराज घिमिरे, डा डिला संग्रौलालगायतले अशोक कोइरालाको व्यक्तित्व र योगदानका बारेमा चर्चा गरेका थिए।

प्रकाशित: १३ चैत्र २०७७ १४:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App