२४ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

लोकतन्त्रको आधार स्तम्भ राजनीतिक दलः पूर्वराष्ट्रपति डा. यादव

पूर्वराष्ट्रपति डा. रामवरण यादवले लोकतन्त्रको आधार स्तम्भ राजनीतिक दल भएको उल्लेख गरेका छन्। शुक्रवार जनकपुरधाममा डा. शोभाकर पराजुलीको दुई कृति ‘समाजवाद र बीपी कोइराला’ र ‘बीपी विचारसङ्ग्रह’को लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति यादवले सो धारणा व्यक्त गरेका हुन्।  

उनले भने, 'अहिले सबैभन्दा ठूलो दल विभाजित भएको छ भने अर्को दल कांग्रेसको अवस्था पनि ठीक छैन।' उनले प्रश्न गरे,'सबैभन्दा ऐतिहासिक, लोकतन्त्र र समाजवादीको पर्यायवाची बनेको पार्टीको अवस्था के छ ? ठीक छ ?'

पूर्व राष्ट्रपति यादवले भोलि संसद् पुनःस्थापना नभए देश कुन बाटोमा जान्छ यो विद्धानलाई सोधुँला, त्यो म भन्न सक्दिनँ भन्दै लोकतन्त्रमा फेरि एक पटक ग्रहण लागेको हुँदा लोकतन्त्र रक्षाको लागि सबैले भूमिका खेल्नुपर्ने बताए। पुस्तक लोकार्पण कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले प्रधानमन्त्रीले प्राप्त उपलब्धिलाई वेवास्ता गरी चुनावको मिति तोक्नेतर्फ लागेको आरोप लगाए।

प्रकाशित: ८ फाल्गुन २०७७ ०१:२३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App