७ आश्विन २०८१ सोमबार
image/svg+xml

आँप टिप्न गएकी बालिकाको बलात्कार प्रयासपछि हत्या

आँप बगैचामा आँप टिप्न गएकी सप्तरीको डाक्नेश्वरी नगरपालिका–३ हटेलकी ९ वर्षीया बालिकाको बलात्कार प्रयासपछि हत्या गरेको खुलेको छ। गत्त शुक्रबार बालिका शिवानी यादवको शव स्थानीय शिवनाथ यादवको आँपको बगैंचामा भेटिएको थियो।

अपराधीको संगठित जालोः वारि अपराध पारि 'सेल्टर'

आपराधिक घटनालगत्तै प्रहरी घटनास्थल पुग्दा पनि अपराधी सीमा काटिसकेको हुन्छ। सीमा पार गरेपछि भारतीय प्रहरीको अनुमतिबेगर खोजबिन गर्न नपाइने भएकाले उसलाई लुक्न सजिलो हुन्छ। उता अपराधी निर्धक्क घुमफिर गरे पनि पक्राउ गर्न मिल्दैन।

सय मृत्युमा एक आत्महत्या

विश्वमा हुने मृत्युको प्रमुख कारणमा आत्महत्या रहेको विश्व स्वास्थ्य संगठनले बिहीबार सार्वजनिक गरेको एक आंकलनले देखाएको छ।

विवाह अस्वीकार गर्दै प्रेमिकाको हत्या

घटना भएको डेढ महिनापछि प्रहरीले हस्दाले हत्या गरेको पुष्टि गर्दै महेन्द्रनगरबाट बुधबार पक्राउ गरी ल्याइएको जनाएको छ।

छोरीलाई जबरजस्ती करणी गरी हत्या गरेको आरोपमा बुबा पक्राउ

गत जेठ २७ गते आफ्नै घरमा मृतावस्थामा फेला परेकी बालिकाको घटना शङ्कास्पद देखिएकोले शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा पठाइएको र विभिन्न व्यक्तिसँग सोधपुछ तथा अनुसन्धान गर्दै जाँदा मृतकका बुवाले २७ गते आफ्नै भैँसी गोठमा लगी जबरजस्ती करणी गरी पोल खुल्ने डरले झुण्ड्याई हत्या गरेको अनुसन्धानका क्रममा खुल्न आएको प्रनाउ विष्टले बताए।

धारिलो हतियार प्रहार गरी पत्नीको हत्या

देउमाई नगरपालिका–४, चित्रे बस्ने ताकबहादुर तामाङले पत्नीको हत्या गरेका छन्। घरायसी विवादका कारण उनले ४६ वर्षीया सुर्जामाया तामाङको हत्या गरेको प्रहरीले जनाएको छ।

कोराेनाले श्रीमान गुमेपछि कुरुवा बसेकी श्रीमतीले पनि रोजिन् मृत्यु

गत वैशाख १६ गते सुरेश काठमाडाैंबाट घर फर्केका थिए। घर फर्के लगत्तै उनी संक्रमित भएका हुन्। सुरेशका बुवा दिल्लीमा मजदुरी गर्ने गर्छन्। ‘आर्थिक अवस्था कमजोर भएका दाजुले दिल्लीमा मजदुरी गरेर सुरेशलाई पढाएका हुन्’, उनले भने,‘एम.एस.सी गरेको छोरासँगै हाम्रा सपना पनि उडे।’

धारिलो हतियार प्रहार गरी छोराको हत्या

कोहलपुर नगरपालिका–१२ चप्परगौडी निवासी वलीले घरायसी झगडाको विषयलाई लिएर अन्दाजी १८/१९ वर्षीय छोरा पोषणमाथि गए राति धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए।

रुकुम पश्चिम हत्याकाण्ड: न्यायको पर्खाइमै बित्यो एक वर्ष

‘मृतक नवराज जलेर गए तर न्याय नजलोस्,’ नवराजकी दिदी सुशिला विकले भनिन्, ‘न्यायका लागि न्यायिक आँखा बन्द नहुन् ।’ ‘अब भाइ फिर्ता त हुँदैन,’ उनले भनिन्, ‘न्याय चाहिँ पाउनु पर्छ ।’

मानसिक स्वास्थ्य भर्सेज आत्महत्या

त्रिवेणी गाउँपालिका वडा नं. ४ रुकुमकी शान्ता (नाम परिवर्तन) सानैदेखि पढाइमा राम्रै थिइन् । उनी ३ दाइ र ४ बहिनीमध्ये कान्छी छोरी हुन। सानो उमेरमा उनी घरको काम गर्ने, आमा र भाउजूलाई काममा सघाउने गर्दथिन्। १० कक्षामा पढ्दै गर्दा उनको ९ कक्षामा पढ्ने एक जना केटासँग फोन सम्पर्कबाट परिचय भयो। बेलाबेलामा फोन गर्ने र कुरा गर्ने गर्दै एक वर्ष बित्यो । कहिलेकाहीँ भिडियो कल पनि हुन्थ्यो ।

शिक्षक हत्या अभियोगमा २ जना कारागार चलान

जिल्ला प्रहरी प्रमुख(डिएसपी)बालनरसिंह राणाका अनुसार पुर्पक्षका लागि कारागार चलान हुनेमा मेरिङदेन गाउँपालिका वडा नं २ सान्थाक्राका प्रताप आवजुङ लिम्बू भनिने आकाश लिम्बू र मैवाखोला गाउँपालिका वडा नं १ ढुङ्गेसाँघुका कान्छा काजी भनिने काजीमान वनेम लिम्बू रहेका छन्।

एकै परिवारका दुई बालकको घाँटी रेटी हत्या

कलैया उपमहानगरपालिका ७ रंगपुरमा एकै परिवारको दुई जना बालकको अज्ञात समूहले हत्या गरेका छन्।

बन्चरो प्रहार गरी बावुको हत्या

बुवाले आमालाई ढुंगाले हानेर चोट लागेको देखेपछि आक्रोशित हुँदै छोराले बुवालाई बञ्चरोले हानेको स्थानीय बताउँछन्।

होम आइसाेलेशन बसेका पुरुषले गरे आत्महत्या

गोरखा नगरपालिका वडा नम्बर १४ याङकोटका ३६ वर्षीय शुब्बा उप्रेतीले कोठा भित्र सलको पासो लगाएर आत्महत्या गरेको प्रहरीले जनाएको छ। भारतमा कपडा उद्योगमा काम गर्दै आएका उप्रेती गत चैत २६ गते नेपाल आएका थिए।

खैरेको हत्यारालाई कारवाही गर्न माग

खैरेलाई हिर्काएर मारेका विरोधमा दोषीमाथि कानूनी कारवाहीको माग गरिएको छ। धुलिखेल नगरपालिका–४ स्थित २८ किलो भन्ने स्थानमा दुई युवाले गत चैत १८ गते खैरे नामको कुकुरलाई मारेका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्