१९ असार २०८१ बुधबार
image/svg+xml
शिक्षा

शिक्षक हत्या अभियोगमा २ जना कारागार चलान

शिक्षक खड्ग आवजुङ लिम्बूको हत्या अभियोगमा पक्राउ परेका २ जना पुर्पक्षका लागि कारागार चलान भएका छन्।

ताप्लेजुङ जिल्ला अदालतको ४ जेठको थुनछेकबाट ३० बैशाखमा पक्राउ परेका २ जना कारागार चलान भएका हुन्। जिल्ला प्रहरी प्रमुख(डिएसपी)बालनरसिंह राणाका अनुसार पुर्पक्षका लागि कारागार चलान हुनेमा मेरिङदेन गाउँपालिका वडा नं २ सान्थाक्राका प्रताप आवजुङ लिम्बू भनिने आकाश लिम्बू र मैवाखोला गाउँपालिका वडा नं १ ढुङ्गेसाँघुका कान्छा काजी भनिने काजीमान वनेम लिम्बू रहेका छन्।

शिक्षक आवजुङलाई प्रताप भनिने आकाशले भरुवा बन्दुक प्रहार गरी हत्या गरेको प्रहरी अनुसन्धानको निश्कर्ष रहेको छ। भरुवा बन्दुक प्रहार गरी खड्गको हत्या गरेको अभियोग लागेका निजले प्रयोग गरेको भरुवा बन्दुक मैवाखोला गाउँपालिका वडा नं १ ढुङ्गेसाँघुका कान्छा काजी भनिने काजीमानबाट लिएको भनी खुलाएकाले दुबै जनामाथि कर्तव्य ज्यान मुद्दा चलाइएको प्रहरीले जनाएको छ।

सो मुद्दा ताप्लेजुङ अदालतमा पेश हुँदा दुबैलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश भए बमोजिम उनीहरुलाइ कारागार पठाइएको समेत डिएसपी राणाले जानकारी दिए। घटना गत ९ वैशाखमा मेरिङदेन गाउँपालिका वडा नं २ सान्थाक्रास्थित तिदिमा टोलमा भएको थियो।

प्रकाशित: ५ जेष्ठ २०७८ ०७:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App