coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

होम आइसाेलेशन बसेका पुरुषले गरे आत्महत्या

फाइल तस्बिर

गोरखामा एक कोरोना सक्रमित पुरुषले होम आइशोलेसनमै आत्महत्या गरेका छन्। गोरखा नगरपालिका वडा नम्बर १४ याङकोटका ३६ वर्षीय शुब्बा उप्रेतीले कोठा भित्र सलको पासो लगाएर आत्महत्या गरेको प्रहरीले जनाएको छ।  भारतमा कपडा उद्योगमा काम गर्दै आएका उप्रेती गत चैत २६ गते नेपाल आएका थिए। 

बैशाख १० गते उनलाई कोरोना पोजेटिभ देखिएको थियो। कोरोना पुष्टि भएपछि होमआइशोलेसनमा बसेका उनलाई गएराती झुण्डिएर आत्महत्या गरेको अवस्थामा कोठा भित्र भेटिएको डिएसपी प्रकाश दाहालले बताए। पिसिआर जाँच गर्दा रिपोर्ट पोजेटिभ आएपछि परिवारका अन्य सदस्यको पनि स्वाब परिक्षण गरिएको थियो। बाबु, आमा, भाई, श्रीमती र करिब डेढ वर्षका छोराको रिपोर्ट भने नेगेटिभ आएको थियो।

परिवारका अन्य सदस्यको रिपोर्ट नेगेटिभ र आफ्नो मात्रै पोजेटिभ आएपछि उनी मानसिक तनाबमा परेको परिवारका सदस्यले बताएका छन्। कोरोना पुष्टि भएका कारण उनको शब पोष्टमार्टम नगरी ब्यवस्थापन गर्ने तयारी भएको डिएसपी दाहाले बताए। नेपाली सेनाले शव व्यवस्थापन गर्ने तयारी गरिरहेको छ। गोरखा नगरपालिका वडा नम्बर १४ मा अहिले १३ जना सक्रिय  संक्रमित छन्।  

प्रकाशित: १५ वैशाख २०७८ ०५:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App