४ पुस २०८१ बिहीबार
image/svg+xml

जुम्लामा बिजुली नहुँदा अक्सिजन उत्पादनमा सकस

जुम्लामा बिजुली नहुँदा अक्सिजन उत्पादनमा समस्या भइरहेको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा अक्सिजन उत्पादनका लागि प्लान्ट स्थापना भए पनि बिजुली नहुँदा अक्सिजन उत्पादन गरेर सिलिण्डर भर्न नसकिएको हो। तर प्लान्टबाट सिँधै १ सय ५० बेडमा अक्सिजन पुगिरहेको प्रतिष्ठानले जनाएको छ।

हिउँदमा भारतकै बिजुलीको भर

हिउँदमा अधिकांश नदीनालामा पानीको सतह घटेसँगै प्राधिकरणले कुल मागको ६० प्रतिशतभन्दा धेरै बिजुली भारतबाट आयात गरेर आपूर्ति गरिरहेको प्राधिकरणको भनाइ छ।

असारभित्र उदयपुरगढीका सबै वडामा बिजुली बल्ने

उदयपुरगढी गाउँपालिकाका सबै वडावासीले आउँदो असारभित्र बिजुली बत्ती बाल्न पाउने भएका छन्। गाउँपालिकामा सामुदायिक विद्युतीकरण विभागको उदयपुरगढी ग्रामिण सामुदायिक विद्युतीकरण आयोजनामार्फत् गाउँपालिकाबासीले विद्युत सेवा उपभोग गर्ने निश्चित भएको हो।

प्राधिकरणलाई भारतबाट बिजुली किन्न स्वीकृति

‘सुक्खा मौसम र पानी नपरेका कारण खोलामा पानीको बहाव घट्दा प्राधिकरण र निजी क्षेत्रको विद्युत् उत्पादन उल्लेख्य मात्रामा घटेकाले विद्युत् माग र आपूर्तिको व्यवस्थापनमा चाप परेको छ, भारतीय ऊर्जा बजारबाट विद्युत् खरिद गर्न स्वीकृति पाएकाले तत्काल करिब ३० मेगावाट खरिदको प्रक्रिया अगाडि बढाएका छौं, त्यति बिजुली ल्याउन सक्यौं भने आपूर्ति व्यवस्थापन गर्न सकिन्छ।’

सडक, पुल र बिजुली निर्माणमा केन्द्रित माडी

संघीयताअगाडि माडी नगरपालिकाका कुनै पनि खोलामा पुल थिएनन्, सडक कालोपत्रे थिएन। अहिले माडीका केही सडक कालोपत्रे भएका छन्। नयाँ सडक निर्माण भएका छन् भने ग्राभेल, स्तरोन्नतिका कार्य तीव्र गतिमा भइरहेका छन्। खोलामा पुल निर्माणको कार्य थालिएको छ। यी मात्र होइन, खानेपानी आयोजना, विद्युतीकरण र पर्यटन प्रवर्धन प्राथमिकतामा छन्।

अरूण तेस्रोको बिजुली बेच्न प्रस्ताव आह्वान

कम्पनीले सोमबार सार्वजनिक सूचना जारी गरेर बिजुली किन्न अनुरोध गरेको हो। भारतीय कम्पनीले नौ सय मेगावाट आयोजना संखुवासभामा निर्माण गरिरहेको छ। अहिलेसम्म आयोजनाको करिब ४० प्रतिशत काम सकिएको छ। कम्पनीले इच्छुक फर्म वा कम्पनीले ४ अप्रिल २०२१ सम्म बिजुली खरिदबिक्री प्रक्रियामा सहभागिता जनाउनुपर्ने बताएको छ।

माथिल्लो तामाकोसीबाट वैशाखभित्रै बिजुली

बहुचर्चित ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको परीक्षण उत्पादन वैशाखभित्रै गरिने भएको छ। आयोजनाले आगामी चैत मसान्तदेखि परीक्षण गर्ने गरी पूर्वाधार निर्माणको काम गरिरहेको छ।

बिजुली माग्दै जुम्लावासी आन्दोलित

झण्डै आधा महिनादेखि नियमित बिजुली आपूर्ति नभएपछि जुम्लावासी आन्दोलित भएका छन्। उनीहरुले तत्काल बिजुली नियमित आपुर्ति हुने व्यवस्था गर्न माग गरेका छन्।

सप्तकोशीको पूर्वी र पश्चिमी भँगालाको बीचको बस्तीमा बिजुली

सप्तकोशी पूर्वी तटवन्ध प्रकाशपुरबाट कोशीको मुख्य भँगालो पार गरेर झन्डै तीन किलोमिटर वालुवै वालुवाको बगर पार गरेपछि एउटा बस्ती आउँछ।

बिजुलीको महसुल नगरपालिकाले तिरिदिने

रौतहटको फतुवा विजयपुर नगरपालिकाको चौथो नगरपरिषद् ढिलो गरी सम्पन्न भएको छ । गत असार १० मा सकिनुपर्ने नगरसभा असोज ३० मा सम्पन्न भएको हो ।

बिजुलीकाे माग गर्दै सडकमा

राप्तीपारी अलपत्र अवस्थामा रहेको विद्युतीकरणको काम तत्काल अगाडी बढाउन दवाव दिँदै जिल्लाको राप्तीपारीका स्थानीयले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका छन्।

बोखिमका घरघरमा पुग्यो बिजुली

बोखिमका स्थानीयको अध्यारोमा बस्नु पर्ने बाध्यता हटेको छ। सदरमुकाम नजिकै भए पनि बत्तीमुनि अध्यारो भने जस्तै यहाँका अधिकांश स्थानीय वर्षौदेखि टुकीबत्तीको सहारामा बस्दै आएका थिए।

पुसबाट मुलुकमा थपिँदै २७ मेगावाट बिजुली

आगामी पुसबाट मुलुकमा २७ मेगावाट बिजुली थपिने भएको छ। लमजुङमा निर्माणाधीन २७ मेगावाट क्षमताको दोर्दीखोला जलविद्युत् आयोजनाको काम पुसमा पूरा हुने भएको हो।

बिजुली नआए उर्जामन्त्रीको सचिवालयमा फोन गर्नुहोस्

सरकारले पछिल्लो समयमा विभिन्न मर्मत तथा प्राविधिक कारणले लाइन काटिरहेको बताएको छ।

राष्ट्रिय प्रसारणमा नार्माजुनको १२ मेगावाट

कोरोना महामारीले ६ महिना ढिलो जडान हुँदा १५ करोड नोक्सान भएको प्रवर्द्धक कम्पनीको दाबी

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्