२० आश्विन २०८१ आइतबार
image/svg+xml

मतदाता नामावली अद्यावधिक गरिँदै

निर्वाचन आयोगले जिल्ला–जिल्लामा मतदाता नामावली अद्यावधिक गर्दैछ। आउँदो १५ देखि २१ गतेसम्म देशका ७ सय ५३ वटै स्थानीय तहमा मतदाता नामावली अद्यावधिक गर्न लागिएको हो।

कास्की निर्वाचन कार्यालयले गर्‍यो अद्यावधिक

निर्वाचन कार्यालय कास्कीले गत पुस ५ गतेसम्म अद्यावधिक गरिएको नामावलीमा कास्कीमा मात्र ९ हजार ९ सय ४२ जना मतदाता थपिएका छन् ।

माघ १५ देखि २१ गतेसम्म मतदाता नामावली अद्यावधिक हुँदै

प्रतिनिधिसभाको आगामी निर्वाचनका लागि अन्तिम मतदाता नामावली तयार गर्न आगामी माघ १५ देखि २१ गतेसम्म सबै स्थानीय तहको केन्द्रमा मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन हुँदैछ।

मतदाता नामावली अद्यावधिक हुँदै

मतदाता नामावली सङ्कलन तथा अद्यावधिक विशेष कार्यक्रम, २०७६ कार्यान्वयनका सम्बन्धमा राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिसँग निर्वाचन आयोगले छलफल गरेको छ।

विकल्पको विग्रह

मतदाताले मःमः मात्रै ‘अर्डर’ गरे भनेर निराश हुनुभन्दा त्यसको विकल्प दिन तत्पर हुनुपर्छ। अहिलेका दुई राजनीतिक शक्ति– नेकपा र कांग्रेस एकरातमा बनेका होइनन्, उनीहरू यो स्वरूपमा आउन सिंगै पुस्ताले जीवन उत्सर्ग गरेको छ।

मतदाताको सहभागिता घट्दो

जुनसुकै दल वा नेतालाई विजयी गराए पनि विकास र सकारात्मक परिवर्तन जनताले पाएनन्। छलाङ मार्ने काम गफमा मात्र सीमित भयो भन्ने मतदाताको बुझाइ हुन थालेको छ।

सिरहाको कल्याणपुर १२ मा नेकपाका उम्मेदवार विजयी

सिरहाको कल्याणपुर नगरपालिका वडा नम्बर १२ को वडा अध्यक्षमा नेपाल कम्युनिस्ट पार्टीका (नेकपा) उम्मेदवार दिलिप कुमार यादव विजयी भएका छन्। उनले ८२५ मत प्राप्त गरेक छन।

मतदाताको उत्साहजनक सहभागिता, ८० प्रतिशत मत खस्यो

कोहलपुर नगरपालिका वडा नम्बर ६ मा शनिबार सम्पन्न उप–निर्वाचनमा मतदाताको उत्साहजनक सहभागिता रहेको छ । मतदानमा ८०.६५ प्रतिशत मत खसेको जिल्ला निर्वाचन अधिकारी खुमप्रसाद सुवेदीले जानकारी दिए । उनका अनुसार कुल २ हजार २६ जना मतदाता रहेकोमा १ हजार ६ सय ३४ मत खसेको थियो ।

मौन अवधिमा मतदाता जोगाउन झनै सकस

मंसिर १४ गतेको उपनिर्वाचनको मौन अवधि बुधबार मध्यरातीबाट सुरु भइसकेको छ। धरानको मेयर र वडा नं ७ को वडाध्यक्षमा उम्मेदवारी दिएका दल तथा स्वतन्त्र उम्मेदवारले झण्डै एक महिना लामो प्रचारप्रसार तथा घरदैलो कार्यक्रम रोकिसकेका छन्।

भक्तपुर उपनिर्वाचनः निराश मतदाता

भक्तपुर १ ‘ख’ मा प्रदेशसभा सांसदका लागि उपनिर्वाचन हुने छ। तर त्यहाँका  मतदाता चुनावका लागि उत्साहित छैनन्। विगतमा नेतृत्वले राम्रो काम गर्न नसक्दा उनीहरु निराश देखिन्छन्।

दलका कार्यकर्तालाई मतदाता शिक्षामा खटाएको भन्दै आपत्ति

पार्टीको झण्डा बोक्ने कार्यकर्तालाई मतदाता शिक्षा दिन गाउँगाउँमा परिचालन गरेको भन्दै उपनिर्वाचनमा सहभागी राजनीतिक दलका प्रतिनिधिहरुले निष्पक्ष व्यक्ति परिचालन गर्न माग गरेका छन्।

चालु योजना देखाएर मतदाता तान्दै

उपनिर्वाचनमा होमिएका राजनीतिक दलका उम्मेदवारले विकास निर्माणका पुरानै नारा र शैलीलाई निरन्तरता दिएर मतदाता तान्ने प्रयास गरेका छन्। विकास निर्माणमै आफूहरूको ध्यान केन्द्रित हुने उनीहरूको भनाइ छ।

उपनिर्वाचन चहलपहलः मतदाता भेट्दै उम्मेदवार

कहीँकतै पार्टीका झण्डा टाँगिएका छैनन्। हुलमुलमा चुनावी प्रचार गर्न कोही निस्किएको छैनन्। यद्यपी उप–निर्वाचन हुने डोटीको आदर्श गाउँपालिका–२ मा भित्रभित्रै चुनावी राफ–ताप शुरु भईसकेको छ।

उपनिर्वाचनमा २ लाख ३३ हजार मतदाता

निर्वाचन आयोगले आगामी मंसिर १४ गते प्रतिनिधिसभा र प्रदेशसभाको उपनिर्वाचन हुने चार जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ। आयोगले आइतबार प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन हुने कास्की र प्रदेशसभाको उपनिर्वाचन हुने बाग्लुङ, भक्तपुर र दाङ जिल्लामा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत कार्यालयको स्थापना गरेको हो।

मतदाता रिझाउँदै प्रभावशाली नेता

दशैँको अवधिलाई रौतहटका प्रमुख राजनीतिकर्मीले मतदाता रिझाउनका लागि उपयोग गरेका छन्। संघीय संसद तथा प्रादेशिक सभा सबै बन्द रहेको अवस्थामा रौतहटका चर्चित नेताहरुले दशैँको अवधिलाई आफ्नो पक्षमा जनमत बटुल्न तथा आफ्नो प्रभाव विस्तार गर्न उपयोग गरेको देखिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्