२० आश्विन २०८१ आइतबार
image/svg+xml

उपनिर्वाचनका मतदाता ४ लाख ४७ हजार

आगामी मंसिर १४ गते हुने प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको उपनिर्वाचनमा कविर ४ लाख ४७ हजार मतदाताले मतदान गर्ने भएका छन्।

कानुन व्यवसायीको चुनावमा ८१ प्रतिशत मत

कानुन व्यवसायीको छाता संगठन नेपाल बार एसोसिएसनको चुनाव शान्तिपूर्ण रुपमा शनिबार सम्पन्न भएको छ। सातवटै प्रदेशबाट भएको प्रत्यक्ष निर्वाचनमा देशभार तीन सय १३ मतदाता रहेकोमा आठ हजार तीन सय २९ मत खसेको छ।

नेपाल बारका दस हजार मतदाता

सत्तारुढ नेकपा निकट मानिने प्रगतिशील समूह मधेसी तथा आदिवासी जनजाति कानुन व्यवसायीसँग गठबन्धन गरेर तथा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस निकट डेमोक्रेटिक लयर्स एसोसिएसन प्रजातान्त्रिक कानुन व्यवसायीको बृहत गठबन्धन बनाएर चुनावमा उत्रिएका छन्।

मतदाता रिझाउन अनुपात्दक क्षेत्रमा सासंदको बजेट

प्रदेश सरकारको पूर्वाधार विकास कार्यक्रमको ठूलो बजेट कैलालीमा सासंदहरूले मन्दिर, सामुदायिक भवन निर्माणलागयतका अनुत्पादक क्षेत्रमा खर्च गर्न योजना बाएका छन्। प्रदेश सरकारले प्रत्येक प्रदेश निर्वाचन क्षेत्रमा सासंदले योजना बनाएर खर्च गर्नेगरी २ करोड रुपैयाँ बिनियोजन गरेको थियो। पूर्वाधार विकास कार्यक्रम सासंदहरूकै दबाबमा ल्याइएको हो। सुदूरपश्चिम प्रदेशका ३२ निर्वाचन क्षेत्रमा ६४ करोड रकम यो कार्यक्रमअन्तगर्त बिनियोजन गरिएको छ।

राष्ट्रपति निर्वाचनमा रेशम चौधरी पनि मतदाता

राष्ट्रपति निर्वाचनमा फौजदारी अभियोगमा पक्राउ परेका रेशमलाल चौधरी पनि मतदाता रहेका छन् । उनी कैलाली १ बाट प्रतिनिधिसभा निर्वाचित सदस्य हुन् । निर्वाचन आयोगले सार्वजनिक गरेको मतदाता नामवलीको क्रमसंख्या २५६ मा उनको नाम छ । उनको मतदाता नम्बर ३३८४११४ हो।

सांसद सुरेशचन्द्र दास भारतीय मतदाता

नेकपा माओवादी केन्द्रका तर्फबाट सिरहा निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सुरेशचन्द्र दासको नाम भारतीय मतदाता सूचीमा रहेको खुलेको छ । भारतमा मतदाता हुनका लागि १८ वर्ष उमेर पुगेको भारतीय नागरिक हुन अनिवार्य छ ।

प्रतिबद्धता पूरा गर्न मतदाताको आग्रह

वामगठबन्धनका अगुवा एमाले अध्यक्ष केपी शर्मा ओलीले दोस्रोपटक मुलुकको नेतृत्व गर्ने अवसर पाएका छन् । प्रतिनिधिसभा निर्वाचनमा ठूलो मतान्तरले विजयी भएका ओलीसामु थुप्रै चुनौती छन् । स्थानीयले पनि उनीबाट ठूलै आशा गरेका छन् । ओलीले प्रतिनिधिसभा चुनावमा कांग्रेसका खगेन्द्र अधिकारीलाई २८ हजार बढी मतान्तरले हराएका थिए ।  दमक बहुमुखी क्याम्पसका प्रमुख उत्तम भट्टरार्ई ओलीले अब छवि सुधार्नुपर्ने आवश्यकता ठान्छन् ।

सहमति नभए चुनावबाट मुख्यमन्त्रीको टुंगो, राष्ट्रिय सभाका मतदातालाई प्रशिक्षण

नेकपा एमालेको स्थायी कमिटी बैठकले पार्टीमा मुख्यमन्त्रीको लागि सहमती नभए चुनाबमा जाने निर्णय गरेको छ।

प्रदेश नं २ मा सबैभन्दा बढी मतदाता, ६ मा कम

आसन्न राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सबैभन्दा बढी मतदाता (निर्वाचक मण्डल) प्रदेश नं २ मा र सबैभन्दा कम प्रदेश नं ६ मा रहेका छन्।

२ हजार ५६ मतदाता

आयोगले सातवटै प्रदेशमा रहेका निर्वाचन अधिकृतको कार्यालयमार्फत राष्ट्रियसभामा मतदान गर्न पाउने प्रदेशसभाका सदस्य र स्थानीय तहका प्रमुख–उपप्रमुख गरी २ हजार ५६ मतदाताको नामावली सार्वजनिक गरेको हो।

यी हुन् राष्ट्रिय सभाका मतदाता (नामावली सहित)

निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनमा भाग लिने मतदाताको नामावली सार्वजनिक गरेको छ। राष्ट्रिय सभा निर्वाचनका लागि २ हजार ५६ मतदाता रहेका छन्।

राष्ट्रियसभा निर्वाचनमा २ हजार ५६ मतदाता

निर्वाचन आयोगले माघ २४ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । आयोगको बुधबारको बैठकले राष्ट्रियसभा निर्वाचनका लागि माघ १० गते उम्मेदवारको मनोनयनपत्र दर्ता गर्नेगरी निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो ।

पौडेल र भट्टराई मतदातालाई धन्यवाद भन्दै

चुनाव हारेपनि मतदातालाई धन्यवाद भन्न नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल आफ्नो निर्वाचन क्षेत्रमा फर्केका छन् । चुनाव जितेका नयाँ शक्तिका बाबुराम भट्टराई पनि मतदातालाई धन्यवाद भन्न गोरखा पुगेका छन् ।

मतदातालाई धन्यवाद दिंदै दाहाल

नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले चितवन–३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि मंगलवारदेखि मतदातालाई धन्यवाद ज्ञापनका लागि घरदैलो अभियान शुरु गरेका छन् । दाहाल ४८ हजार २७६  मत प्राप्त गरि विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी राप्रपा प्रजातान्त्रिकका विक्रम पाण्डेले ३८ हजार ९३५ मत प्राप्त गरेका थिए ।

मतदातामा द्विविधाले बदर मत बढ्यो

मत खसाल्नु पूर्व मतदातामा रहेको द्विविधाका कारण प्रतिनिधि सभा र प्रदेश सभामा खसेको मत गणना गर्दा बदर मतको संख्या उल्लेख्य रहेको छ । स्थानीय निकायको निर्वाचनको तुलनामा यस पटकको निर्वाचनमा बदर मतको संख्या अनुमान गरेको भन्दा बढी नै देखिएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्