२१ आश्विन २०८१ सोमबार
image/svg+xml

गगन थापाद्वारा मतदाताप्रति आभार प्रकट

काठमाडौं-४ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका काँग्रेस नेता गगन थापाले मतदाता एवं शुभेच्छुकप्रति आभार प्रकट गरेका छन्। चुनाबी अभियानका क्रममा गरेका प्रतिबद्धता पूरा गर्न निष्ठापूर्वक काम गर्ने प्रणसमेत उनले गरेका छन्।

धरानको चन्द्र संस्कृत केन्द्रमा बम पड्काइयो, मतदाता भागाभाग

सुनसरीको धरान उपमहानगरपालिका-१६ स्थित चन्द्र संस्कृत मतदान केन्द्रमा बम पड्काइएको छ। एक्कासि बम पड्किएपछि लाइनमा बसेका मतदाताहरु भागाभाग भएका छन्।

मतदाताहरु झिसमिसेमै मतदान केन्द्रमा

दोस्रो चरणअन्तर्गत प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको आज हुने मतदानका लागि मतदाताहरु झिसमिसेमै मतकेन्द्रमा लामबद्ध हुन सुरु गरेका छन् ।

दाहाल मतदाता पनि चितवन क्षेत्र नं. ३ कै

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल उम्मेदवार हुन आफ्नो पुरानो थलो चितवन क्षेत्र नं. ३ मात्रै फर्केका छैनन् मतदाता पनि सोही ठाउँका भएका छन् । यसअघि सम्पन्न तीनवटा निर्वाचनमा दाहालले हाल भरतपुर महानगरपालिकाको वडा नं. ४ मा पर्ने लक्ष्मी माविमा मतदान गर्दै आएका थिए । यो पटक उनी उम्मेदवार हुन चितवन आउनुका साथै मतदाता पनि भरतपुर महानगरपालिका वडा नं. १४ का भएका छन् । सो वडामा शिवनगर पर्छ ।

नयाँ मतदाताको नयाँ चुनाव

मतदाता परिचयपत्रका लागि नाम दर्ता गर्न घन्टौं समय लागेको थियो । मंगलबार पनि उस्तै भीडमा थिइन्, घोराहीकी मनकली पुन । लामो समय लाम बसेपछि बल्लबल्ल उनको हातमा मतदाता परिचयपत्र पर्‍यो। उनी भन्दै थिइन्, ‘बल्ल भोट हाल्ने भइयो।’

मतदानस्थल पुगे कर्मचारी, मतदाता परिचयपत्र धमाधम वितरण

चितवनका सवै मतदान स्थलहरुमा कर्मचारीहरु पुगी सकेका छन्। चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले सोमबार साँझसम्म सवै केन्द्रमा कर्मचारीहरु पुगेको जानकारी दिए। ‘सुरक्षा प्रवन्धसहित मतदान केन्द्रहरुमा कर्मचारीहरु पुगेका छन्। उनीहरुले आफ्ना कामहरु सम्पन्न गर्न कुनै कठिनाइ छैन’ प्रमुख जिल्ला अधिकारी भट्टले भने।

४५ जिल्लामा मतदाता परिचप पत्र वितरण गरिँदै [भिडियो]

निर्वाचनका लागि खटिएका कर्मचारीले मतदान केन्द्रबाट आजदेखि मतदाता परिचय वितरण सुरु गरेका छन् । परिचय वितरण बुधबार पनि जारी रहनेछ । दोस्रो चरणअन्तर्गत बाँकी ४५ जिल्लामा हुन गइरहेको निर्वाचनका लागि आझदेखि परिचय पत्र वितरण सुरु गरिएको हो।

मतदातालाई विवेकशील साझाको हस्तलिखित पत्र

निर्वाचनका लागि मौन समय सुरु हुनुभन्दा अगाडि दलहरुले मतदाता आकर्षित गर्न निर्णायक कसरत गरिरहेका छन्। निर्वाचन प्रचार गर्न पाउने अन्तिम दिन विवेकशील साझा पार्टीका काठमाडौं-९ का उम्मेदवार मिलन पाण्डे हातले लेखेको चिठी बोकेरै मतदाताको घरदैलोमा पुगे।

दलका पुरानै एजेन्डा, मतदातामा छैन उत्साह

चुनाव नजिक आए पनि बाँके, नरैनापुरका नन्कौं अन्सारी हर्षित देखिँदैनन् । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिक आइरहेका बेला गाउँमा चुनावी गतिविधि बिस्तारै बढ्न थालेका छन् तर तिनले नन्कौंलाई छुन सकेका छैनन्।

अस्थिर मतदाताकाे भाेट तान्ने कसरतमा उम्मेदवार

पश्चिम नेपालको प्रमुख व्यापारिक केन्द्र नेपालगन्ज सहर रहेको बाँके जिल्लामा चुनावी सरगर्मी बढेको छ । चलायमान र अस्थिर मतदाताका कारण सधैं अप्रत्याशित नतिजा आउने यहाँ उम्मेदवारले आआफ्नो पक्षमा परिणाम ल्याउन मिहिनेत गरिरहेका छन्।

प्रधानमन्त्री देउवाको मतदातालाई प्रश्न : दमन रोज्नेकी खुला शासन ?

प्रधानमन्त्री शेरवहादुर देउवाले आसन्न निर्वाचन कम्युनिष्ट शासन रोज्ने या लोकतान्त्रीक शासन रोज्ने भन्ने निर्णायक प्रतिष्पर्धा भएको बताएका छन्। मंगलवार घोराहीमा आयोजित चुनावी आमसभामा बोल्दै प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवाले दमन रोज्ने कि खुला शासन रोज्ने निर्णय गर्ने जिम्मा जनताको काँधमा रहेको बताए।

उम्मेदवारहरू नै भन्छन, मतदाता शिक्षा पुगेन

आगामि प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा उम्मेदवारी दिएका दलका प्रतिनिधिहरूले घर घरमा मतदाता शिक्षा नपुगेको गुनासो गरेका छन् ।

दोलखाका मतदातामा किन देखिएन उत्साह?

आइतबार बिहानैदेखि म दोलखाका मतदान केन्द्रको भ्रमणमा निस्किएँ। मतदान केन्द्रहरुमा निर्वाचन कर्मचारी एवं सुरक्षाकर्मीहरु पहिलाका निर्वाचनमा झै व्यवस्थित देखिन्थे। फरक दृश्य यो थियो कि अधिकांश मतदान केन्द्रमा मतदाता लाइनमा बस्नुपर्ने अवस्थामा थिएनन्। कालिन्चोक गाउँपालिकाको कालिन्चोक, बाबरे, लामिडाँडा, लातिलाङसहितका सात मतदान केन्द्रको स्थलगत अवलोकन गर्दा मतदातामा स्थानीय निर्वाचनजस्तो उल्लास देखिएन।

प्रदेशसभा छायामा पर्दा मतदाता असन्तुष्ट

स्थानीय चुनावमा सुनेका विकासे आश्वासन मतदाता अहिले प्रदेश र प्रतिनिधिसभाका उम्मेदवारबाट पनि सुन्दैछन् । कान टट्याउने गरी यसरी विकासे आश्वासन बाँडेर हिँड्ने दल र उम्मेदवारको कमजोरीकै कारण इतिहासमै पहिलोपटक हुन लागेको प्रदेशसभा चुनावको राजनीतिक महŒवको विषय भने ओझेल परेजत्तिकै भएको छ ।

भोट हाल्ने मतदाता धमाधम भित्रिदै

खोटाङमा प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा भोट हाल्नका लागि मतदाता भित्रिनेक्रम बाक्लिएको छ । आइतबार हुने निर्वाचनमा भोट हाल्नका लागि राजधानी काठमाडौंलगायतका शहरबाट मतदाता जिल्ला भित्रिनेक्रम बढेको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्