२१ आश्विन २०८१ सोमबार
image/svg+xml

निर्वाचनमा खटिएकै कर्मचारीमा मतदाता शिक्षाको अभाव

प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनको पूर्व सन्ध्यामा राष्ट्रिय मानवअधिकार आयोगले सार्वजनिक गरेको अनुगमन प्रतिवेदनले निर्वाचनका लागि खटिएका कर्मचारीमै मतदाता शिक्षाबारे अन्योल देखिएको उल्लेख गरेको छ ।

चाहियो लोभ–भ्रममुक्त मतदाता

निर्वाचन नजिकिएसँगै राजनीतिक पूर्वाग्रह छुताछुल्ल बनेको छ । समय नै रंगिएपछि रंगहीन पात्र व्यर्थको कल्पना बन्दो रहेछ । वाम र लोकतान्त्रिक गठबन्धनदेखि साना राजनीतिक दलहरूप्रतिको प्रशंसा र आलोचनाले कोरेको किनाराले पात्रहरूको पक्षधरता परिभाषित गरेकै छ । छिपाउने प्रयत्न छिपेको छैन । राजनीतिक अधिकारयुक्त नागरिक जुनसुकै भूमिकामा रहे तापनि उसले एउटा किनारा रोज्दो नै रहेछ (अपवादबाहेक) । विशेषगरी महत्वपूर्ण राजनीतिक मोडहरूमा । यो आलेखले पनि पूर्वाग्रह लिएकै छ ।

‘पाहुना’ मतदाता निर्णायक

व्यापार र अस्थायी बसोबासका लागि घरबाहिर रहेका हिमालपारिका जिल्ला मनाङ र मुस्ताङका मतदाता आइतबार हुने प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनमा भोट हाल्न धमाधम घर फर्किन थालेका छन् ।  भोट हाल्नकै लागि जिल्ला आउने यी ‘पाहुना’ मतदाताको हातमा हिमाली जिल्लाको निर्वाचन परिणाम निर्भर रहने भएकाले राजनीतिक दलहरूले पनि मतदाता भित्र्याउन ठूलै कसरत गरिरहेका छन् । स्रोतका अनुसार उम्मेदवारले नै केही मतदातालाई यातायातको व्यवस्था गरेर जिल्ला भित्र्याउँछन् भने कतिपय व्यक्तिगत रूपमा खर्च गरेर घर फर्किइरहेका छन्।

मतदाता शिक्षा प्रभावकारी बनाउन सडक नाटक

निर्वाचन आउन ५ दिन बाँकी रहँदा रसुवामा निर्वाचन शिक्षा सम्बन्धी सडक नाटक प्रदर्शन गरिएको छ ।  बदर मत कम गर्न र निर्वाचन सम्बन्धी जानकारी दिनका लागि गुरुकुल नाट्य समूह नुवाकोटका कलाकारले सडक नाटक देखाएका हुन् । जिल्ला निर्वाचन कार्यालय रसुवाको संयोजनमा सदरमुकाम धुन्चेमा सडक नाटक देखाइएको आयोजकले जनाएको छ ।

मतदाता रिझाउन घरदैलोदेखि खेत सम्म पुग्दै उम्मेदवार

प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन नजिकदै जाँदा सप्तरीको चुनावी माहौल झन् तातेको छ। उम्मेदवारहरु घरदैलो अभियान सहितका गतिविधिलाई तिब्रता दिएपछि सदरमुकाम राजविराजसँगै जिल्लाको सुदुर ग्रामिण भेगमा पनि चुनावी चहल पहल निकै वढेको हो।

प्रदेश–५ बाँके : अस्थिर मतदाता, अस्थिर परिणाम

बाँके ‘अस्थिर’ मतदाताको बाहुल्य भएको जिल्ला हो । त्यसैले यो कुनै राजनीतिक दलको ‘किल्ला’ रहेन। २०४८ यताका पाँचवटा निर्वाचनमा कांग्रेस, एमाले, राप्रपा, माओवादी र मधेसवादी दलले परिणाम बाँडे।

‘चुनाव चिह्न’ हेरेर मत दिन बाध्य मतदाता

निर्वाचनका समयमा उम्मेदवार भोट माग्न नजाँदा रसुवाको लाङटाङका मतदाता ‘चुनाव चिह्न’ हेरेर भोट हाल्ने भएका छन् । सडक सञ्जालले नजोडिएको पर्यटकीय क्षेत्र लाङटाङमा विगतमा भएका निर्वाचनमा पनि उम्मेदवार पुगेका थिएनन् ।

४९ मतदाताको मतदान केन्द्र

प्रतिनिधि र प्रदेश सभाका लागि ताप्लेजुङमा तोकिएका ११४ मतदान केन्द्रमा सबैभन्दा कम ४९ मतदाता रहेको पाइएको छ। सबैभन्दा बढी भने १ हजार ४० जना सम्म रहेका छन्।

गगन थापाले मतदातालाई बुझाए विकासको फेहरिस्त, सडकमै पाँच अर्ब बजेट

कांग्रेस नेता गगन थापाले आफू सांसद भएर गरेका कामको फेहरिस्त आफ्ना मतदाता समक्ष प्रस्तुत गरेका छन्। अघिल्लो पटक काठमाडौं क्षेत्र नं। ४ बाट संसदमा प्रतिनिधित्व गरेका थापाले चार वर्षे कार्यकालमा सम्पादन गरेका कामको सूची सार्वजनिक गरेका हुन्।

कति जनालाई कसरी भोट हाल्ने? (भिडियो)

मुलुक संघीय प्रणालीमा गएपछि हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मिति नजिक आइरहेको छ। मंसिर १० र २१ गते हुने आम निर्वाचनपछि मुलुक पूर्ण व्यवहारिक रुपमै संघीय ढाँचामा जाँदैछ। यो निर्वाचनमा कसरी मतदान गर्ने त? यो पटकको निर्वाचनबाट मतदाताले संघीय प्रतिनिधि सभा एवं प्रदेश सभा सदस्य छान्न भोट खसाल्नु पर्ने हुन्छ। मतदाताले बहुमतीय प्रणालीबाट निर्वाचित हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यका लागि मतदान गर्नुपर्छ।

जुम्लामा मतदाता शिक्षा सामग्री लुटियो

जुम्ला सिंजा गाउँपालिका–२ को रनुखानामा मतदाता शिक्षा सामग्री लुटिएको छ । रोपनी जनजागृति प्रावि मतदान केन्द्रका मतदाताको लागि लिँदै गरेको मतदाता शिक्षा सामग्री अज्ञात समूहले लुटेको हो ।

प्रदेश ४/कास्की : मतदाता ‘पर्ख’ र ‘हेर’को अवस्थामा

कास्कीको निर्वाचनले यहाँका राजनीतिक दल र मतदातामा उत्साह जगाएको छ । प्रदेशभित्र सबैभन्दा बढी ३ वटा निर्वाचन क्षेत्र रहेको जिल्ला कास्की मात्र हो । सिंगै कास्की र पोखरा सहरको समृद्धिको आधार तय गर्ने गरी मतदाताले अहिलेको निर्वाचनलाई हेरेका छन् ।

प्रदेश १ : ‘राजधानी’ सपनाले मतदाता रनभुल्ल

मोरङ क्षेत्र नम्बर ६ का कांग्रेस उम्मेदवार शेखर कोइराला र एमालेका उम्मेदवार लालबाबु पण्डितलाई घरदैलोमा मतदाताले प्रायः सोध्ने एउटै प्रश्न छ, ‘तपाईंको उम्मेदवारी केका लागि ?’ उनीहरु दुवैको उत्तर पनि एउटै छ, ‘विराटनगरलाई प्रदेश नम्बर १ को राजधानी बनाउन ।’ मतदाता भने दुवै उम्मेदवारको एउटै अजेन्डाले अलमलमा छन् ।

उम्मेदवार चिन्दैन्न् मतदाता

तिला गाउँपालिका ९ खोप्री गाउँका ६० वर्षीया हैजली थापा २०४६ सालपछिको निर्वाचनमा मतदान गर्दै आएकी छिन् । अहिलेसम्म उनले उम्मेदवार चिनेर वा उम्मेदवारको घोषणापत्र हेरेर भोट हाल्न पाएकी छैनन् । ' उम्मेदवार कस्ता छन् ? काम गर्छन् वा गर्दैन्न् र कसका उम्मेदवार हुन भन्ने बारेमा कुनै हेक्का छैन् । गाउँको जान्ने सुन्नेले जुन चिन्हमा मत खसाल्न् भन्छन् । त्यसैमा भाेट हाल्ने गरेकाे छु,'उनले भनिन् ।

काठमाडौं-४ मा युवा हस्तीको टक्कर, मतदातालाई निर्णय गर्न कठिन

नेपाली कांग्रेसका गगन थापा र नेकपा एमालेका राजन भट्टराईको उम्मेदवारीका कारण चर्चामा रहेको काठमाडौं–४ का मतदाता कसलाई भोट दिने भनेर अन्योलमा परेका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्