२० आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

कास्की निर्वाचन कार्यालयले गर्‍यो अद्यावधिक

जिल्ला निर्वाचन कार्यालय कास्की । तस्बिरः नागरिक

आगामी बैशाख १७ र २७ गते निर्वाचनको मिति घोषणा गरिएकोसँगै जिल्ला निर्वाचन कार्यालय कास्कीले मतदाता नामावाली अद्यावधिक गरेको छ । निर्वाचन कार्यालय कास्कीले गत पुस ५ गतेसम्म अद्यावधिक गरिएको नामावलीमा कास्कीमा मात्र ९ हजार ९ सय ४२ जना मतदाता थपिएका छन् ।  

कार्यालयले कास्कीमा २ लाख ६५ हजार ३९६ मतदाता रहेको तथ्यांक सार्वजनिक गरेको छ । ०७४ को निर्वाचनमा भने २ लाख ५५ हजार ४५४ रहेको थियो । पुसको पहिलो साता अद्यावधिक गरिएको तथ्यांक अनुसार १ लाख ४० हजार ७६१ महिला र १ लाख २४ हजार ६३१ पुरुष र ४ जना तेस्रो लिंगी रहेका छन् । २०७४ सालको निर्वाचनपछि कास्की जिल्लाका सबै निर्वाचन क्षेत्रमा झण्डै दशहजार मतदाता थपिएका हुन् । यद्यपी यही माघ १५ गते दावी विरोध हुनेछ ।  

‘माघ १५ गते दावी विरोध टुंगिएपछि फाईनल हुन्छ’ निर्वाचन कार्यालय कास्कीका सूचना अधिकृत रुद्र न्यौपानेले भने, ‘दावी विरोध अनुसार मृत्यु वा दोहोरिएको अवस्थामा संख्या घट्न सक्छ ।’ पुस ५ गतेसम्म १८ वर्ष उमेर पुगेका सर्वसाधारणलाई मतदाता नामावलीमा समेटिएको उनले बताए । अद्यावधिक गरिएको तथ्यांक अनुसार पोखरा महानगरपालिकामा झण्डै ७ हजारको संख्यामा मतदाता थपिएका छन् ।  

कास्कीमा प्रतिनिधि सभाको लागि तीन निर्वाचन क्षेत्र छन् । प्रदेश निर्वाचन क्षेत्र भने ६ वटा छन् । कास्कीको मादी गाँउपालिकामा १६ हजार ४ सय ८७ जनाको मतदाताको नामावली संकलन गरिएको छ । २०७४ को निर्वाचनमा भने मादीमा १५ हजार ८ सय ४३ मतदाता संख्या रहेको थियो । त्यसैगरी रुपा गाँउपालिकामा तीनवर्ष अघिको निर्वाचन(०७४)मा १२ हजार २ सय ४ रहेकोमा अहिले गरिएको अद्यावधिक अनुसार १३ हजार २ सय ४३ मतदाता संख्या पुगेको तथ्यांक जिल्ला निर्वाचन कार्यालय कास्कीले दिएको छ । 

पोखरा महानगरपालिकामा ३३ वटा वडा छन् । सबै वडामा गरी ०७४ को निर्वाचन अनुसार मतदाता संख्या १ लाख ९१ हजार ७३१ रहेको थियो । अद्यावधिक गरिएको तथ्यांक अनुसार १ लाख ९८ हजार ६६३ मतदाता संख्या पुगेको छ । माछापुच्छ«े गाँउपालिकामा पनि मतदाताको संख्या भने बढेको तथ्यांकले देखाएको छ । ०७४ को निर्वाचनमा गाँउपालिकामा १८ हजार ९ जना मतदाता संख्या रहेकोमा अहिले १८ हजार ६५४ संख्या रहेको छ । त्यस्तै अन्नपूर्ण गाँउपालिकाको तथ्यांक अनुसार १७ हजार ६६७ बाट बढेर १८ हजार ३४९ मतदाता संख्या पुगेको छ ।  

सूचना अधिकृत न्यौपानेका अनुसार निर्वाचनको लागि कास्कीमा मतदान केन्द्र समेत ३१७ बाट बढेर ३२२ पु¥याइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्दै आगामी बैशाखमा निर्वाचन गर्ने घोषणा गरेका थिए । 

प्रकाशित: १३ माघ २०७७ १०:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App