६ आश्विन २०८१ आइतबार
image/svg+xml

आयोगमाथि अर्जुनदृष्टि

निर्वाचन आयोगले अघिल्लो निर्वाचनअघि मतपत्र छपाइ गर्न भनेर छापा मेसिन खरिद गरे पनि अहिले प्रयोग गरिएन। त्यो मेसिन अहिले प्रयोग नगर्नुको कारण के होला? राज्यले एकपटक गरिसकेको बजेट खर्चको सदुपयोग नगरेर चुनावैपिच्छे लागत बढाउने काम मात्र आयोगबाट किन भइरहेको छ ?

एमालेले जिते स्थानीय तह भंग हुन सक्छः देउवा

कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनले नजितेर नेकपा एमालेले जितेमा स्थानीय तह समेत भंग गर्न सक्ने बताएका छन्।

वीरगन्जमा कस्सिँदै सत्ता गठबन्धन

अनेकौं असन्तुष्टि र गुनासा व्यवस्थापन गर्दै कांग्रेससहितका गठबन्धन दल यतिखेर आफ्ना मेयर र उपमेयरका उम्मेदवारलाई जिताउन कस्सिएर लागेका छन्।

कांग्रेस गढ भत्काउने दाउमा एमाले

विराटनगर महानगरपालिकामा सत्ता गठबन्धन र प्रमुख विपक्षी एमालेका उम्मेदवारबीच प्रतिस्पर्धा हुने देखिएको छ। विगतमा विराटनगर महानगरपालिकामा जित निकालेको नेपाली कांग्रेस यसपटक पनि इतिहास दोहोर्‍याउने दाउमा छ।

समाजवादीका कामनपा उपमेयर उम्मेदवार भन्छन्ः शिक्षा र स्वास्थ्य प्राथमिकतामा छन्

आफ्नो पार्टीबाट काठमाडौं महानगरपालिका स्तरीय अध्यक्ष समेत रहेका श्रेष्ठ पार्टीका सम्मानित नेता झलनाथ खनाल निकट मानिन्छन्। काठमाडौं महानगरको भित्री क्षेत्रमा पर्ने १२ नम्बर वडाका बासिन्दा उनी राम्रो जनसम्पर्क भएका नेता मानिन्छन्।

स्थानीय तह निर्वाचनः डोटीमा सत्ता गठबन्धनबीच सहमति जुटेन

उम्मेदवारी दर्ता गर्ने दिन नजिकिए पनि डोटीमा सत्ता गठबन्धनमा अझै सहमति जुट्न नसकेको हो। सत्तारुढ गठबन्धनको चुनावी तालमेलबारे सहमति जुटाउन पटक–पटक बैठक बसे पनि सहमति जुट्न नसकेको नेताहरू बताउँछन्।

गठबन्धन बैठकः महानगर र उपमहानगरको सिट बाँडफाँडमा केन्द्रित

सत्ता गठबन्धन दलबीच महानगरपालिका र उपमहानगरपालिकामा सिट बाँडफाँटका विषयमा छलफल भएको छ।

‘हाम्रो होइन, राम्रो छानौं’

नेपाली कांग्रेसले महानगर र उपमहानगरपालिको उम्मेदवार छनोटका विषयमा पार्टीका नेताहरूसँग सुझाव लिएको छ।

नेपालगन्ज उपमहानगरपालिको मेयरमा कांग्रेसका १४ आकांक्षी

नेपालगन्ज उपमहानगरपालिकाको मेयर र उपमेयर बन्न नेपाली कांग्रेसका आकांक्षी दौडधुपमा लागेका छन्।

पोखरा महानगरः गठबन्धनका दलभित्रै हानथाप

सत्ता गठबन्धनका सबै दलहरु अहिले आफ्नो पक्षमा उम्मेदवारी हत्याउन लागिपरेका छन्। गठबन्धनका ती दलका नेताहरुले निर्वाचनमा आफू उम्मेदवार बन्न पाए चुनाव जित्ने दावी गरिरहेका छन्।

आकांक्षी धेरै, तनावमा शीर्ष नेता

एमालेमा पनि उम्मेदवार छनोटको विषयले शीर्ष नेतालाई पिरलेको छ। पछिल्लोपटक विभिन्न पार्टी परित्याग गरी एमाले प्रवेश गरेकाले नै मेयरको टिकट दाबी गरिरहेका छन्।

संयुक्त अपिलको तयारी: तालमेल कसरतमा सत्ता गठबन्धन

सत्तारुढ पाँच राजनीतिक दलले चैत ३० गतेभित्र सहकार्यको भावना अनुसार तालमेलको टुंगो लगाउन प्रदेश र जिल्ला समितिहरूलाई निर्देशन दिएका छन्।

सत्ता गठबन्धन भत्काउन ओलीलाई मुस्किल

कांग्रेसका एकथरी नेताहरूले स्थानीय तहकै नेताकार्यकर्ताले गठबन्धन गरे मात्रै गठबन्धन हुने तर केन्द्रबाट भने नहुने तर्क अघि सारेका छन्। त्यसले गर्दा माओवादी केन्द्रले अहिलेको परिस्थितिमा कांग्रेससँगको गठबन्धनलाई त्यति विश्वासिलो मानेको छैन। नेकपा एस भने यसबारे मौन बस्दै आएको छ।

गठबन्धनले एमसीसीको कुरालाई गिजोलेर भूराजनीतिक विषय बनाएः ज्ञवाली

प्रदीप ज्ञवालीले सत्ता गठबन्धनले नेपाल र अमेरिकाबीचको एमसीसीको कुरालाई गिजोलेर भूराजनीतिक विषय बनाएको भन्दै देशले यसको गम्भीर मूल्य चुकाउनु पर्ने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्