२१ आश्विन २०८१ सोमबार
image/svg+xml

मिटरब्याजीविरुद्ध लागेको भन्दै नागरिककर्मीलाई निवर्तमान सांसदको धम्की

'हेर्नुस तपाईं एक जना निर्दोष मान्छेविरुद्ध हात धोएर लागिरहनुभएको छ, उनले टेलिफोनमा भनिन्, 'यस्तै गर्दै जानु भयो भने जे पनि हुनसक्छ।'

दोहोरो नम्बर प्लेट प्रयोग गर्ने टिपरलाई १० हजार जरिवाना

ट्राफिक नियम उल्लंघन गरी चुनढुंगा बोक्दै गरेका बा १–००६ क ३२५७, बा १–००६ क ३६६०, बा १–००६ क ३६५८, बा १–००६ क ३२६१, वा १–००६ क ३६५२, वा १–००६ क ३६४९, बा १–००६ क ३६५०, बा १–०० क ३६५३ नं. का ८ वटा टिपर फेला परेपछि पक्राउ गरी कारबाही गरिएको हो।

ओलीबाट प्रभावित भएर एमालेमा प्रवेश गरेः उमा शंकर अरगरिया

'केपी ओली नेतृत्व सरकारको हुलाकी सडक बन्यो। धनुषा निर्वाचन क्षेत्र दुईका १७ वटा गाउँमा बिजुली थिएन त्यो पनि ओली सरकारकै पालामा बिजुली बल्यो।'

गुर्जेमा बडा दशैँ महाभिडन्त रेस्लिङ हुने

हेभि वेट विधाको विजेताले १ लाख ५० हजार, ट्रिपल थ्रेट विजेताले ७५ हजार, ट्याग टिम विजेताले ८५ हजार, लाइटवेट (महिला) विजेताले ६५ हजार, लाइटवेट (पुरुष) विजेताले ५५ हजार रुपैयाँसहित बेल्ट प्राप्त गर्नेछन्।

मुगुमा सुपथ मूल्य पसलबाट चामल बिक्री

दसैँँ, तिहार, छठलगायतका चाडपर्वलाई मध्यनजर गर्दै गत असोज १ गतेदेखि सञ्चालन गरिएको सुपथ मूल्य पसलबाट उक्त चामल बिक्री भएको कम्पनीका कार्यालय प्रमुख पुस्कर भामले जानकारी दिए।

पाथीभरा म्याराथन तथा चाडपर्वमा कुनै किसिमको अवरोध नगर्न ताप्लेजुङ जिल्ला सुरक्षा समितिको आग्रह

परापूर्वकालदेखि रहँदै आएको धार्मिक, सांस्कृतिक तथा जातीय सहिष्णुता दिगो बनाउने उद्देश्यसहित विगतदेखि हुँदै आएको महोत्सवलाई यसपटक पनि निरन्तरता दिएको भन्दै जिल्ला सुरक्षा समितिले यो समयमा कुनै किसिमको अवरोध नगर्न तथा सक्रियतापूर्वक सहभागीता जनाउन आग्रह गरेको छ।

ताप्लेजुङमा एक हजार बढीले दिए म्यादी प्रहरीका लागि आवेदन

नेपाली सेनाबाट सेवानिवृत्त २ जनाले आवेदन दिएका छन्। ४ सय ५२ पुरुष तथा १ सय २६ महिला गरी ५ सय ७८ जनाले भने पहिलोपटक म्यादी प्रहरीका लागि आवेदन दिएका छन्। डिएसपी राईका अनुसार कति संख्यामा म्यादी प्रहरीमा भर्ना लिने भन्ने चाँहि यकिन भएको छैन।

जीर्ण सडक मर्मतमा प्रशासनको चासो

ठेकेदार तारामान कठायतले पनि केही ठाउँका काम अन्तिम चरणमा पुर्‍याएको बताए। धेरै जसो ठेक्कामा वर्षातको कारण देखाउँदै काम नगरेको पाइएपछि तुरुन्त सक्न निर्देशन समेत गरिएको छ।

कपिलवस्तुमा चाडपर्व लक्षित संयुक्त विशेष सुरक्षा योजना बनाइयो

चाडपर्व मनाउने तथा मूर्ति विसर्जन गर्ने क्रममा हुन सक्ने धार्मिक तथा साम्प्रदायिक विवाद, पटाकाजन्य विस्फोटक पदार्थको अवैध ओसारपसार र बिक्री वितरण, चोरी तथा लुटपाट, जुवा तास, मादक पदार्थ लागूऔषधको सेवन गरी हो–हल्ला गर्ने, सवारी दुर्घटना तथा कालो बजारी नियनत्रण लगाएतका विषयमा आफूहरुले सुरक्षा योजना बनाएको उनले बताए।

बैतडीमा घर भत्किँदा एकको मृत्यु

माटोको छानो भएको घर एक्कासी सोमबार राति दुई बजेतिर भत्किँदा सुतिरहेकी पूजाको च्यापिएर मृत्यु भएको बताइएको छ।

चार फरार अपराधी एकै दिन पक्राउ

पक्राउ परेका चारै जनालाई जिल्ला अदालत रौतहटमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी डिएसपि सुनिल मल्लले जानकारी गराएका छन्।

जबर्जस्ती करणी र लागुऔषध मुद्दामा दुई वृद्ध पक्राउ

धनुषाको धनुषाधाम नगरपालिका–५ पर्वता गाउँ बस्ने ५७ वर्षीय पल्ट मण्डल धानुक र सबैला नगरपालिका–२ का ६३ वर्षीय अशेश्वर पुर्वेलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए।

कैलालीमा बाढीले बगाएर एकको मृत्यु, एक बेपत्ता

भजनी नगरपालिकाका सबैजसो वडा जलमग्न भएका छन्। कैलालीका विभिन्न ठाउँमा झण्डै १ हजार ५०० घरधुरी बाढीले प्रभावित पारेको छ।

चितवनमा जापानीज इन्सेफलाइटिसबाट एक वृद्धाको मृत्यु

‘१५ वर्ष अगाडि चितवनमा महामारीकै रुपमा फैलिएको थियो। त्यतिखेर कालिका शक्तिखोर क्षेत्रमा केही मानिसको मृत्यु भएको थियो,’ केसीले भने ‘नयाँ संरचना बनेपछि जापानीज इन्सेफलाइटिस भेटिएको पहिलोपटक हो।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्