१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

बैतडीमा घर भत्किँदा एकको मृत्यु

घर भत्किँदा च्यापिएर  बैतडीमा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको पञ्चेश्वर गाउँपालिका– १ लेककी १५ वर्षीया पूजा लुहार रहेकी बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिए।  

माटोको छानो भएको घर एक्कासी सोमबार राति दुई बजेतिर भत्किँदा सुतिरहेकी पूजाको च्यापिएर मृत्यु भएको बताइएको छ।  वर्षाका कारण कमजोर भएको छानो राति एक्कासि भत्किँएको हो। प्रहरीको टोली घटनास्थलतर्फ गएको छ। टोली पुगेपछि थप जानकारी आउने जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। पूजा स्थानीय डुग्रीखान माविमा कक्षा ६ मा अध्ययनरत थिइन्। 

प्रकाशित: ४ आश्विन २०७९ ०९:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App