१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

जबर्जस्ती करणी र लागुऔषध मुद्दामा दुई वृद्ध पक्राउ

धनुषा प्रहरीले दुई जना फरार अभियुक्तलाई पक्राउ गरेको छ। छुट्टाछुट्टै मुद्दामा धनुषा जिल्ला अदालतबाट सजाय पाई फरार रहेका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको हो।

धनुषाको धनुषाधाम नगरपालिका–५ पर्वता गाउँ बस्ने ५७ वर्षीय पल्ट मण्डल धानुक र सबैला नगरपालिका–२ का ६३ वर्षीय अशेश्वर पुर्वेलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए।

मण्डललाई जबर्जस्ती करणी मुद्दामा अदालतले दुई लाख रुपैयाँ जरिवना र १८ वर्ष कैद सजायको फैसला सुनाएको थियो। अदालतको फैसलापछि फरार मण्डलाई खोजतलास गर्ने क्रममा शुक्रबार प्रहरी चौकी उमाप्रमेपुरबाट खटिएको प्रहरी टोलीले उनलाई आफ्नै घरमा लुकीछुपी बसेको अवस्थामा पक्राउ गरेको प्रहरीले बताए।

मण्डल २०७८ भदौ २५ गते जबर्जस्ती करणी गरी फरार भएको थियो। प्रहरीले जर्बजस्ती करणी मुद्दामा अनुसन्धान गरी ०७८ कार्तिक ३ गते सरकारी वकिल कार्यालयमार्फत जिल्ला अदालतमा मिसिल पेश गरेको थियो।

अदालतले ०७९ साउन ६ गते दुई लाख रुपैयाँ जरिवना र १८ वर्ष कैदको फैसला गरेको थियो। आवश्यक कारबाहीको लागि मण्डललाई जिल्ला अदालत धनुषामा पठाइएको धनुषा प्रहरीका नायब उपरीक्षक क्षेत्रीले जानकारी दिए।

त्यस्तै पुर्वेलाई लागुऔषध मुद्दामा अदालतले बीस हजार जरिवना र छ महिना कैदको फैसला गरेको थियो। अदालतको फैसलापछि पुर्वेलाई ईलाका प्रहरी कार्यालय सबैलाबाट खटिएको प्रहरीले सबैला नगरपालिका–३ सबैला बजारबाट पक्राउ गरिएको हो। पुर्वलाई लागुऔषध मुद्दामा आवश्यक कारबाहीको जिल्ला अदालत धनुषा पठाइएको प्रहरी नयाब उपरीक्षक क्षेत्रीले जानकारी दिए।

प्रकाशित: १ आश्विन २०७९ १५:२७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App