८ वैशाख २०८१ शनिबार
समाज

कपिलवस्तुमा चाडपर्व लक्षित संयुक्त विशेष सुरक्षा योजना बनाइयो

नजिकिँदै गरको बडा दशैं लगायतका चाडबाडलाई लक्षित गरी कपिलवस्तुमा 'कपिलवस्तु जिल्लाको चाडपर्व लक्षित संयुक्त विशेष सुरक्षा योजना २०७९' बनाइएको छ।

जिल्ला प्रहरी कार्यालयले नजिकिँदै गरेको बडा दशैं, लक्ष्मी पूजा र छठ पर्वको समयमा जिल्लाको शान्ति सुव्यवस्थालाई थप प्रभावकारी बनाउन सो योजना ल्याएको हो। जिल्ला प्रहरी कार्यालयद्वारा तौहिलावस्थित प्रहरी कार्यालयमा आयोजित मासिक पत्रकार भेटघाट कार्यक्रममा प्रहरी नायब उपरीक्षक मिनबहादुर घलले सो जानकारी गराएका हुन्।

चाडबाडमा  हुन सक्ने सक्ने सम्भावित घटनालाई मध्यनजर गरी सन कार्यालय कपिलवस्तुको समन्वयमा जिल्ला प्रहरी कार्यालय कपिलवस्तु र सशस्त्र प्रहरी बल नेपाल नं. २८ गणे संयुक्त रुपमा प्रहरी परिचालनको रणनैतिक कार्ययोजना बनाइएको उनले बताए।

चाडपर्व मनाउने तथा मूर्ति विसर्जन गर्ने क्रममा हुन सक्ने धार्मिक तथा साम्प्रदायिक विवाद, पटाकाजन्य विस्फोटक पदार्थको अवैध ओसारपसार र बिक्री वितरण, चोरी तथा लुटपाट, जुवा तास, मादक पदार्थ लागूऔषधको सेवन गरी हो–हल्ला गर्ने, सवारी दुर्घटना तथा कालो बजारी नियनत्रण लगाएतका विषयमा आफूहरुले सुरक्षा योजना बनाएको उनले बताए।

सो सुरक्षा योजना जिल्ला सुरक्षा समितिमा पठाइएको छ। जिल्ला सुरक्षा समितीबाट समर्थन पश्चात चाडपर्वको समयमा जिल्लाको शान्ति सुरक्षाको अवस्थालई थप प्रभावकारी बनाउन सोही सुरक्षा योजना अनुसार प्रहरीको परिचालन गरिने उनले बताए। गत भदौ महिनामा १० जना फरार प्रतिवादी पक्राउ परेको र १ करोड २६ लाख जरिवाना असुल गरिएको छ।

यस्तै ६० लाख बढीको अवैध मालसामान बरामद गरी भन्सार चलान गरिएको छ। यस्तै ट्राफिक नियम उल्लघंन गर्ने १६ सय बढी सवारीलाई कारबाही गरी ९ लाख ७७ हजार ५ सय राजस्व संकलन भएको छ। भदौ महिनामा करेन्ट लागेर ४ जना एक जनाको मृत्यु भएको छ।

भदौ महिनामा उजरी संख्या २ सय ७ मध्ये १ सय ४७ फर्छौट भएको छ। भदौ महिनामा ६ ग्राम र १३० मिलि ग्राम खैरो हेरोइन र नाइट्राभेट १ सय ३ ट्याब्लेटसहित १० जना पक्राउ गरिएको छ। महिला र बालबालिक हराएको मध्ये ५ जना फेला परेका छैनन्। भदौ महिनामा कुल १८ जनाले आत्महत्या गरेका छन्।

प्रकाशित: ५ आश्विन २०७९ १२:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App