२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

एपोलो अस्पतालले सुरु गर्‍यो सेवा

सदरमुकामको सिङफ्रिङमा खुलेको इलाम एपोलो हस्पिटल एन्ड ट्रमा सेन्टरले सेवा सुरु गरेको छ। चार विशेषज्ञ सेवासहितको हस्पिटल जिल्लामै निजी क्षेत्रको एक मात्र हस्पिटल हो।

उपचार नगर्ने अस्पतालका बिरुद्ध उच्च अदालतको आदेश कायमैं

साउन २६ का दिन वीरगन्ज चिनी कारखानास्थित उच्च अदालत अस्थायी इजलासले स्वास्थ्य संस्थाहरूमा उपचार गराउन गएका बिरामी उपचार सेवा दिन र दिलाउन कुनै पनि बहानामा इन्कार नगर्न र नगराउनू भनी वीरगन्जका सम्पूर्ण सरकारी तथा निजी अस्पतालहरूको नाममा अन्तरिम आदेश जारी गरेको थियो ।

अस्पतालबाटै यसरी फैलिँदैछ कोरोना

धुलिखेल अस्पतालअगाडिका एक व्यापारी भन्छन्, ‘अस्पतालका कर्मचारी पनि यहीँ आएर खान्थे, बिरामी कुरुवा पनि यही आएर खान्थे, अस्पतालले आफ्ना कर्मचारीको सुरक्षामा ध्यान नदिँदा यहाँको समुदायमा कोरोना फैलियो ।’

निर्देशन नमाने कारबाही: सरकार

कोरोना उपचारका लागि २० प्रतिशत बेड छुट्याउनुपर्ने निर्णयको निजी अस्पताल र अन्य सरोकारवालाले अवज्ञा गरे तिनलाई कारबाही गर्ने सोच सरकारले बनाएको छ ।

कोरोनामुक्त भनिएका भारतका गृहमन्त्री फेरि अस्पताल भर्ना

पछिल्लो हप्ता उनको स्वास्थ्य परीक्षण रिपोर्ट कोरोना नेगेटिभ आएपछि निको भएको भनेर उनी अस्पतालबाट घर गएका थिए । तर फेरि स्वास्थ्य समस्या देखिएपछि गृहमन्त्री शाहलाई मंगलबार दिल्लीस्थित एम्स अस्पताल भर्ना गरिएको हो ।

क्यान्सर अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द

चितवनको भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द गरिएको छ । अस्पतालका कार्यकारी निर्देशक डा देजकुमार गौतमले आज एक सूचना जारी गर्दै अस्पतालका कर्मचारी कोभिड–१९ बाट संक्रमित भएकाले सेवा बन्द गरिएको जानकारी दिए ।

कोरोना संक्रमितको उपचार गरेबापत अस्पपतालले सरकारबाट अनुदान पाउँदै

आइतबार सूचना प्रकशन गर्दै मन्त्रालयले त्यसका लागि २ दिनभित्र विवरण उपलब्ध गराउन सम्बन्धित अस्पतालहरूलाई आग्रह गरेको हो ।

प्रमुख डाक्टरसहित ७ स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण भएपछि भरतपुर अस्पताल चिन्तित

अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले आइतबार दिउँसो अस्पतालको फेसबुक पेजमार्फत प्रेस विज्ञप्ति जारी गर्दै प्रमुख मेडिकल सुपरिटेन्डेन्टसहित ५ चिकित्सक र २ नर्समा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।

चितवनमा निजी अस्पतालले पनि कोरोनाका बिरामी भर्ना लिन थाल्याे

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना सङ्क्रमण भएमा त्यही उपचार गर्न दिएको निर्देशन अस्पतालले पालना गरेको जनाएको छ ।

काठमाडौंका ‘कोभिड अस्पताल’ भन्छन् : सबै शैय्या भरिए, थप संक्रमित कहाँ राख्ने ?

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको कूल क्षमता ५४ शैय्या हो । जसमा दैनिक बिरामी भरिभराउ हुने गरेको छ ।

बागलुङमा भेटिए स्क्रब टाइफसका बिरामी

बागलुङमा स्क्रब टाइफसका बिरामी फेला परेका छन् । बागलुङको धौलागिरि अस्पतालमा उच्च ज्वरो आएर उपचारका लागि आएका तीन जनामा स्क्रब टाइफस देखापरेको अस्पतालले जनाएको छ। प्राणघातक सङ्क्रमणका रुपमा लिइँदै आएको स्क्रब टाइफस साउन महिनामा मात्रै तीन जनालाई फेला परेको धौलागिरि अस्पतालका सूचना अधिकारी तीर्थ गौतमले जानकारी दिए।

भागेका दुबैं विरामी सम्पर्कमा : टेकु अस्पताल

हराएका दुबै विरामी सम्पर्कमा आएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्प्तालले जनाएको छ । अस्पतालका निर्देशक सागर भण्डारीकाअनुसार भागेका दुबै जना बिहिबार साँझ नै सम्पर्कमा आएका हुन् ।

टेकु अस्पतालबाट दुई कोरोना संक्रमित भागेपछि तनाव

घटना विवरणअनुसार बुधबार दिउँसै पुगेका दुई भारतीय संक्रमित भन्नेबित्तिकै शैय्या नपाएपछि साँझपख भागेका हुन् ।

उद्घाटनको तीन महिना बित्यो, वीपीको कोभिड अस्पताल तयार भएन

गत बैशाख १४ गते वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले कोभिड १९ अस्पताल सुरु भएको घोषणा गरेको थियो । सोही दिन प्रदेश १ का मुख्यमन्त्री शेरधन राई समेत अस्पताल निरीक्षणमा आएका थिए ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्