११ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

कोरोनामुक्त भनिएका भारतका गृहमन्त्री फेरि अस्पताल भर्ना

फाइल तस्बिर : भारतका गृहमन्त्री अमित शाह

कोरोनामुक्त भनिएका भारतका गृहमन्त्री अमित शाह फेरि अस्पताल भर्ना भएका छन् ।  

पछिल्लो हप्ता उनको स्वास्थ्य परीक्षण रिपोर्ट कोरोना नेगेटिभ आएपछि निको भएको भनेर उनी अस्पतालबाट घर गएका थिए । तर फेरि स्वास्थ्य समस्या देखिएपछि गृहमन्त्री शाहलाई मंगलबार दिल्लीस्थित एम्स अस्पताल भर्ना गरिएको हो ।  

अस्पतालका अनुसार उनी तीन–चार दिनदेखि थकान र शरीर दुख्ने समस्याले पीडित भएका हुन् । एम्म मिडिया एन्ड प्रोटोकल डिभिजनका प्रमुख आरती विजले भनेकी छन्, ‘अमित शाह पछिल्लो तीन–चार दिनदेखि थकान र शरीर दुख्ने समस्याले पीडित भएका थिए । उनी कारोना नेगेटिभ छन् । उनलाई एम्सको पोस्ट कोभिड केयरमा भर्ती गरिएको छ । उनी बिलकुल ठीक छन् र अस्पतालले उनको हेरचाह गरिरहेको छ ।’

यसअघिको परीक्षणमा कोरोना नेगेटिभ देखिएका ५५ वर्षीय गृहमन्त्री शाह गुडगाउँस्थित मेदान्त अस्पतालबाट पछिल्लो हप्ता मात्र डिस्चार्ज भएका थिए । उनले यही अगस्ट १४ मा ट्विट गरी डाक्टरको सल्लाहअनुसार अहिले घरमै आइसोलेसनमा बस्ने भनेका थिए । त्यसको एक दिनपछि अगस्ट १५ शाहले आफ्नो घरमा झन्डासेमत फहराएका थिए ।  बिबिसी हिन्दी

प्रकाशित: २ भाद्र २०७७ १०:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App