७ वैशाख २०८१ शुक्रबार
समाज

धुलिखेलमा कोरोना सङ्क्रमितको मृत्यु

धुलिखेल अस्पतालमा उपचाररत भक्तपुरका एक कोरोना सङ्क्रमितको गएराति मृत्यु भएको छ। भक्तपुरको सूर्यविनायक नगरपालिका–८ निवासी ५५ वर्षीय एक पुरुषको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको हो।  

कोभिड–१९ रोकथाम तथा नियन्त्रण, कमाण्ड पोष्टले मङ्गलबार राति उपचारका क्रममा ती पुरुषको मृत्यु भएको जनाएको छ। पोष्टका सदस्यसचिव एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा नरेन्द्रकुमार झाले तीन दिनअघि अस्पताल भर्ना भएका उनको स्वास्थ्य परीक्षणका क्रममा कोरोना पोजेटिभ रिपोर्ट आएको बताए। ती पुरुष मुटु र थाइराइडको समस्याबाट पीडित भएकाले सोहीको उपचार गर्न धुलिखेल अस्पताल भर्ना भएको झाले बताए।  

पछिल्लो केही हप्तायता काभ्रेपलाञ्चोकमासमेत कोरोना सङ्क्रमण बढ्दै गएको छ। पोष्टका अनुसार कुल सङ्क्रमितमध्ये एक पुरुष र एक महिलाको मृत्यु भएको छ भने ६३ उपचारपछि घर फर्किएका छन्। बाँकी ९८ सङक्रमितको विभिन्न स्थानको आइसोलेशनमा उपचाररत रहेको जनाइएको छ।  

प्रकाशित: १० भाद्र २०७७ ०७:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App