२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

मेसिन खरिद प्रकृया सुरु भएन

सेती प्रादेशिक अस्पतालमा सिटी स्क्यान मेसिन खरिद प्रक्रिया अझै सुरु हुन सकेको छैन । अस्पतालले आन्तरिक किचलोका कारण मेसिन खरिदका लागी हाल सम्म टेन्डर समेत गर्न सकेको छैन । प्रादेशिक अस्पतालको मेसिन खरिदका लागी गत आर्थिक वर्ष २०७६/०७७ साढे ८ करोड रकम विनियोजन भएको थियो । तर खरिद प्रकृया सुरु नहुँदा उक्त रकम फ्रिज भएको छ ।

विराटनगर अस्पतालको सेवा सुरू

कोरोना संक्रमण फैलिएपछि बन्दगरिएको विराटनगर अस्पताल पुनः सञ्चालनमा आएको छ । अस्पतालका सञ्चालकलाई कोरोना संक्रमण भएर अन्य कर्मचारीमा समेत फैलिएर साउन ८ गते देखि बन्द रहेको अस्पताल सोमबारबाट पुनः सञ्चालनमा आएको हो ।

निजी अस्पतालमा पनि कोरोना उपचार

सरकारले कोभिड–१९ को उपचार निजी अस्पताललाई पनि दिने निर्णय गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सरकारले निजी अस्पताललाई कोभिड–१९ को उपचार गर्न दिने निर्णय गरेको जानकारी दिए । उनका अनुसार संक्रमित व्यक्ति र अस्पतालको सहमतिमा उपचार गर्न पाउनेछन् ।

वीरगन्जमा एक सय सैयाको अर्को कोरोना बिशेष अस्पताल

वीरगंज हेल्थहेयर हस्पिटल गण्डक बहुअरीलाई कोभिड अस्पतालको रुपमा सञ्चालन गर्न संकट व्यवस्थापन केन्द्र पर्साले सिफारिस गरेको छ । बिहीबार दिउँसो सिफारिस गरी राष्ट्रियस्तरमा रहेको संकट व्यवस्थापन केन्द्रलाई पठाइएको संकट व्यवस्थापन केन्द्र पर्साका प्रवक्ता समेत रहेका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए ।

जिल्ला अस्पतालमा थाइराइड जाँच सेवा सुरु

जिल्ला अस्पताल खोटाङमा थाइराइड जाँच सेवा सुरु गरिएको छ । चार लाखमा इम्यूनोयासी एनालाइजर उपकरण ल्याएर जिल्ला अस्पतालले थाइराइड परीक्षण सेवा सुरु गरेको हो ।

इवामुरा अस्पतालले ल्यायो 'हरियो चुरा प्याकेज'

नेपाली नारीहरुको सम्मानमा भक्तपुरको सल्लाघारीस्थित डा. इवामुरा अस्पतालले साउन महिनाभरिका लागि 'हरियो चुरा प्याकेज' ल्याएको छ ।

प्रदेश प्रहरी अस्पताल भवन उद्घाटन

अस्पतालको भौतिक पूर्वाधार बनाएको गण्डकी प्रदेश प्रहरी कार्यालयले गण्डकी प्रदेश सरकारले उपलब्ध गराएको ५० लाख रुपैयाँबाट उपकरण खरीद गर्ने लक्ष्य लिएको छ ।

गण्डकीमै पहिलो संक्रामक तथा सरुवा रोग अस्पतालको स्थापना

१५ वर्षअघि लेखनाथको मोहरियामा सञ्चालनमा ल्याइएको लेखनाथ सामुदायिक लायन्स अस्पताल गण्डकी प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ ।

पाकिस्तानद्वारा टिचिङलाई दुईवटा एम्बुलेन्स

नेपालस्थित पाकिस्तानी दूतावासले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताललाई दुईवटा एम्बुलेन्स सहयोग गरेको छ। अस्पतालको ३८औं वार्षिकोत्सव अवसरमा बुधबार नेपालका लागि पाकिस्तानी राजदूत डा. मजर जाभेदले अस्पतालका कार्यकारी निर्देशक डा. रोहितकुमार पोखरेललाई एम्बुलेन्स हस्तान्तरण गरेका हुन्।

जिल्ला अस्पतालमा पोषण पुर्नस्थापना गृह

जिल्ला अस्पताल खोटाङमा कुपोषित बालबालिकाको उपचार एवं स्याहार–सुसारका लागि आवासीय पोषण पुर्नस्थापना गृह स्थापना गरिएको छ ।

यी १०४ वर्षीया जसले अस्पताल पनि नगई कोरोनालाई जितिन्

सास लिन गाह्रो हुने समस्या भएकी ती महिलालाई अस्पतालसमेत लानु परेन । घरकै उपचारले उनी पूर्ण रूपमा सञ्चो भएकी हुन् ।

गैरकानुनी रुपमा मिर्गौला प्रत्यारोपण प्रकरण : चितवनबाट ६ जना पक्राउ, अस्पतालको आपत्ति

मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेस् शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) मा गैरकानुनीरुपमा मिर्गौला प्रत्यारोपण गराइएको आरोपमा त्यहाँ कार्यरत चार जना चिकित्सकसहित ६ जनालाई पक्राउ गरेको छ । एक जना कानुन व्यवसायी र एक जना निजामति कर्मचारीसमेत पक्राउ परेका हुन् ।

जिल्ला अस्पतालमा जटिल बिरामीलाई शय्या अभाव

पछिल्लो समय जिल्ला अस्पताल हुम्लामा बिरामी बढ्दै जान थालेपछि शय्या अभाव हुन थालेको छ। वर्षायाममा हुने मौसम परिवर्तनलगायत कारण जिल्लामा बिरामीको बढेपछि अस्पताललाई उपचारमा समेत कठिनाइ भएको छ।

कोरोना सङ्क्रमितको डायलासिस गर्दै भरतपुर अस्पताल

चितवन र आसपासका क्षेत्रका कोरोना सङ्क्रमितको उपचार गर्दै आएको यहाँको भरतपुर अस्पतालले मिर्गौलाका बिरामीको डायलासिस समेत गर्न शुरु गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्