७ वैशाख २०८१ शुक्रबार
स्वास्थ्य

विराटनगर अस्पतालको सेवा सुरू

कोरोना संक्रमण फैलिएपछि बन्दगरिएको विराटनगर अस्पताल पुनः सञ्चालनमा आएको छ । अस्पतालका सञ्चालकलाई कोरोना संक्रमण भएर अन्य कर्मचारीमा समेत फैलिएर साउन ८ गते देखि बन्द रहेको अस्पताल सोमबारबाट पुनः सञ्चालनमा आएको हो ।

अस्पतालका प्रशासन प्रमुख पदम विडारीले अस्पताललाई डिस इन्फेक्सन गरिसकिएकाले आकस्मिक सेवा सञ्चालनमा ल्याइएको बताए । उनका अनुसार  अस्पतालमा कार्यरत कर्मचारीहरूको समेत पिसिआर परीक्षण गरिसकिएको छ । अस्पतालमा कार्यरत कर्मचारी र सेवाग्राहीसमेत ५ सय जनाभन्दा बढीको परीक्षण गर्दा ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

विराटनगरमा लक डाउन गरिएकाकारण सोमबार देखि आकश्मिक सेवामात्रै सुरू गरिएको विडारीले जानकारी दिए । उनले लकडाउन अन्त्यभएसँगै अन्य सबै सेवाहरू पुर्ववत रुपमा सञ्चालनमा आउने स्पष्ट पारे ।

प्रकाशित: १९ श्रावण २०७७ १०:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App