१५ चैत्र २०८० बिहीबार
स्वास्थ्य

वीरगन्जमा एक सय सैयाको अर्को कोरोना बिशेष अस्पताल

कोरोना बिशेष अस्पताल बनाउन प्रस्तावित वीरगन्ज हेल्थकेयर अस्पताल । तस्बिरः नागरिक

वीरगंज हेल्थहेयर हस्पिटल गण्डक बहुअरीलाई कोभिड अस्पतालको रुपमा सञ्चालन गर्न संकट व्यवस्थापन केन्द्र पर्साले सिफारिस गरेको छ । बिहीबार दिउँसो सिफारिस गरी राष्ट्रियस्तरमा रहेको संकट व्यवस्थापन केन्द्रलाई पठाइएको संकट व्यवस्थापन केन्द्र पर्साका प्रवक्ता समेत रहेका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए ।  

पछिल्लो समयमा यस क्षेत्रमा गम्भीर प्रकृतिका कोरोना संक्रमितहरू थपिदै गएपछि अस्पताल व्यवस्थापन पक्षको सहमतिमा सरकारलाई यस बारे सिफारिस गरी अन्तिम निर्णयको लागि पठाइएको बस्नेतले बताए । पर्सा, बारा, रौतहट र सर्लाहीसम्मका बिरामीहरूको आउने भनेको वीरगन्ज नै हो । 

वीरगन्जस्थित नारायणी अस्पतालको व्यवस्थापनमा सरकारी अनुदानबाट यहाँ कोभिड अस्पताल सञ्चालन गर्ने वीरगंज हेल्थकेयर हस्पिटलले लिखित सहमति जनाएको छ । ‘सकभर आजै रातिसम्म स्वीकृतिसहितको निर्णय आउने हामीले आशा गरेका छौं,’ बस्नेतले भने, ‘उक्त निर्णय आउनासाथ वीरगंज हेल्थकेयर हस्पिटलमा सय शैयाको कोभिड अस्पताल सञ्चालनमा आउने छ ।’  

नारायणी अस्पतालको व्यवस्थापनमा यस अस्पतालको भौतिक पूर्वाधार, स्वास्थ्य उपकरण तथा स्वास्थ्यकर्मी पनि परिचालन गर्न सहमति गरेको अस्पतालका सञ्चालन अबुलहैस अन्सारीले बताए । डा. अन्सारीले यहाँ कोभिड अस्पताल सञ्चालनको सहमति दिएपछि समाजिक संजालमा उनलाई धन्यबादको ओइरो नै आएको छ । साउन सुरु भएयता वीरगन्जमा एक सय ७० जना संक्रमित थपिएका छन्। 

अहिले ५४ जना संक्रमित मात्र अस्थायी कोरोना अस्पताल गण्डकमा राखिएका छन् भने अरु आ–आफ्नो घर वा डेरामा नै सेल्फ आइसोलेसन बस्न बाध्य छन् । यस्तोमा नयाँ कोभिड अस्पताल सञ्चालनको निर्णयको चौतर्फी स्वागत भइरहेको छ । ३२ सैयाको आइसीयु सहित वीरगन्ज हेल्थकेयरमा आठ भेन्टिलेटर पनि उपलब्ध छन्। यो अस्पताल सञ्चालनमा ल्याएपछि लक्षणसहितका संक्रमितहरूको जीवन बचाउन सकिने चिकित्सकहरूको प्रतिक्रिया छ ।

प्रकाशित: १५ श्रावण २०७७ १४:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App