१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

जिल्ला अस्पतालमा थाइराइड जाँच सेवा सुरु

थाइराइड परीक्षणका लागि जिल्ला अस्पतालमा ल्याइएको उपकरण । तस्बिर : नागरिक

जिल्ला अस्पताल खोटाङमा थाइराइड जाँच सेवा सुरु गरिएको छ । चार लाखमा इम्यूनोयासी एनालाइजर उपकरण ल्याएर जिल्ला अस्पतालले थाइराइड परीक्षण सेवा सुरु गरेको हो । थाइराइडको समस्या पहिचान एवं उपचारका लागि अन्यत्र जानुपर्ने बाध्यता अन्त्यका लागि जिल्ला अस्पतालमै उपकरण ल्याएर सेवा सुरु गरिएको जिल्ला अस्पताल खोटाङका प्रमुख रविनकुमार फुयाँलले बताए ।

जिल्ला अस्पतालमै परीक्षण गर्ने उपकरण उपलब्ध भएपछि थाइराइडका बिरामी लाभान्वित भएका छन् । उपकरणका माध्यमबाट रक्त परीक्षण गर्दा करिब आधा घण्टामा थाइराइडको रिपोर्ट आउने अस्पतालले जनाएको छ । थाइराइडका समस्या भएका बिरामीको चापलाई ध्यानमा राखेर जिल्ला अस्पतालमा परीक्षण उपकरण व्यवस्था गरेर गत साउन १ गतेदेखि थाइराइड परीक्षण सेवा सुरु गरिएको हो ।  

हालसम्म ५/६ जना बिरामीले थाइराइडको परीक्षण गराइसकेको जिल्ला अस्पतालका प्रमुख फुयाँलले बताए । ‘थाइराइडका बिरामी आउनुहुन्थ्यो तर परीक्षण गर्ने उपकरण नहुँदा अन्यत्र पठाउनुपर्ने बाध्यता थियो,’ प्रमुख फुयाँलले भने, ‘उपकरणको व्यवस्था भएपछि यही परीक्षण हुन्छ र उपचार पनि यही हुन्छ । अबका दिनमा थाइराइडको परीक्षणका लागि अन्यत्र जानुपर्दैन ।’

स्वास्थ्यकर्मीका अनुसार थाइराइड ग्रन्थीबाट उत्पादन हुने हर्मोनमा हुने घटबढका कारण स्वास्थ्यमा थाइराइडको समस्या निम्तिने गरेको छ ।

प्रकाशित: १४ श्रावण २०७७ १०:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App