२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml

संक्रमित व्यवस्थापनमा काठमाडौंका अस्पताललाई हम्मे

कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या बढेसँगै कोरोना उपचारका लागि तोकिएका काठमाडौंका अस्पताललाई हम्मेहम्मे पर्न थालेको छ। दैनिक दर्जनभन्दा बढी संक्रमित थपिन थालेपछि संक्रमित व्यवस्थापनमा अस्पतालहरूलाई मुस्किल पर्न थालेको हो।

ओपिडीमा बिरामी नआउँदा अस्पताल आर्थिक संकटमा

अस्पतालमा रहेको मौज्दात रकमले जेठ महिनासम्मको पारिश्रमिक दिएपनि असारका लागि समस्या भएको छ। विकास समितिले नियुक्त गरेका कर्मचारीका लागि मासिक करिब दुईकरोड रुपैयाँ खर्च हुने गरेको छ।

डा. महतको नेतृत्वमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा अनुगमन

नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महत संयोजकत्वको कोरोनापछि उत्पन्न परिस्थिति अनुगमन समितिले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको अनुगमन गरेको छ।

सरकारी अस्पतालमा बिरामी जानै डराए

कोरोना भाइरस संक्रमण बढ्दै जान थालेको भन्दै सरकारले लकडाउन सुरु गरेसँगै सबै अस्पतालको बहिरंग सेवा (ओपिडी) बन्द गरियो । बन्द रहेका अस्पतालका ओपिडी वैशाख पहिलो सातादेखि पुनः संचालन गर्न निर्देशन पनि दियो । त्यही अनुसार ओपिडी संचालनमा आए । तर, बिरामी भने उपचारका लागि ती अस्पतालमा जान डराउने गरेका छन् ।

कोरोनाबाट ज्यान गुमाएका शिशुको मृत्यु प्रमाणपत्र दिन अस्पतालको आनाकानी

जलजला गाउँपालिका–४ लामाखेतकी सिमा पुनले आफ्नै कोखबाट जन्मिएको छोरालाई त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल काठमाडौंमा उपचारको क्रममा गुमाईन् । कोरोना भाइरस सक्र्रमणको कारण ४९ दिनको छोरा गुमाएकी पुनको आँखामा अझै आँँसु रोकिएको छैन । उनको छेउमै रहेका श्रीमान समेत दोस्रो सन्तानको उपचार गरेर घर फर्किने चाहना अधुरै भएको बताउँछन्।

जिल्ला अस्पतालमा डिजिटल एक्सरे

जिल्ला अस्पताल खोटाङमा डिजिटल एक्सरे (कम्प्युटराईज रेडियोग्राफी) मेशिन सञ्चालनमा ल्याइएको छ । वर्षौदेखि मेनुअल एक्सरे मेशिनबाट सेवाप्रवाह भइरहेको अस्पतालमा मंगलबारदेखि डिजिटल एक्सरे मेशिन सञ्चालनमा ल्याइएको हो । डिजिटल एक्सरे मेशिन सञ्चालनमा आएसँगै रिपोर्टका लागि सेवाग्राहीले घण्टौ कुर्नुपर्ने बाध्यता हटेको जिल्ला अस्पतालका निमित्त प्रमुख रबिनकुमार फुयलले बताए ।

भरतपुर अस्पतालमा बिरामी बढ्न थाले

कोभिड–१९ को त्रासका कारण उपचारका लागि आउने बिरामीको सङ्ख्या न्यून रहेको भरतपुर अस्पतालमा क्रमशः बिरामीको सङ्ख्या बढ्दै गएको छ।

कर्णाली अस्पतालमा फोनबाटै ओपिडी सेवा

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा फोनबाटै ओपिडी सेवा दिन थालिएको छ । अस्पतालका कर्मचारी तथा स्वास्थ्यकर्मीमा कोराना संक्रमण देखिएपछि अस्पतालले फोनबाटै ओपिडी सेवा दिन थालेको हो । अब बिरामीले फोनबाटै आफ्नो रोग संग मिल्ने विशेषज्ञ चिकित्सक संग परामर्श लिन पाउनेछन्।

क्यान्सर अस्पतालका कर्मचारीद्वारा विशेष भत्ता नलिने

भक्तपुर क्यान्सर अस्पतालका कर्मचारीहरुले जेठ महिनादेखिको विशेष भत्ता नलिने स्वघोषणा गरेका छन् । भक्तपुर क्यान्सर अस्पताल कर्मचारी कल्याण संघका अध्यक्ष शिवराम धुख्वाले कर्मचारीहरुकोतर्फबाट विज्ञप्ति प्रकाशित गरी लकडाउनको यो विशेष संकटमा विशेष भत्ता नलिने स्वघोषणा सार्वजनिक गरेका हुन् ।

पाल्पा अस्पतालमा पिसिआर प्रयोगशाला सञ्चालन हुने

कोभिड –१९ को जाँच आरटी– पिसिआर विधिबाट गर्न पाल्पा अस्पतालमा प्रयोगशाला सञ्चालन हुने भएको छ।

अस्पतालको कोठै असुरक्षित

अस्पताल जो धेरै समस्या बिरामी परेर जाने ठाउँ हो । अस्पताल जस्तो संवेदनशिल ठाउँमा आफू असुरक्षित हुन्छु भन्ने कसैको पनि सोच हुँदैन र सोच्दैनन् । तर, बुधबार ठीक त्यसको उल्टो घटना भयो विराटनगरस्थित कोसी अस्पतालको फिमेल मेडिकल वार्डमा ।

स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएपछि कर्णाली अस्पताल सील

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा ड्यूटिमा खटिएका ४ जना स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोना पोजेटिभ देखिएपछि अस्पताल सिल गरिएको छ ।

युएनएफपिएद्वारा कपिलवस्तु अस्पताललाई ३ लाखको स्वास्थ्य सामग्री

कपिलवस्तु अस्पतालालई ३ लाख मूल्यको स्वास्थ्य सामग्री प्रदान गरिएको छ । युएनएफपिएले अस्पताललाई आकस्मिक रुपमा प्रयोग गरिने स्वास्थ्य सामग्री प्रदान गरेको हो । युनएनएफपीएका जिल्ला संयोजक चित्र महतोले सो सामग्री अस्पतालका मेसु किशोर बन्जाडेलाई हस्तान्तरण गरेका थिए ।

मंगलबारे अस्पताल नामाकरण विवाद चुलिँदै

मोरङको उर्लाबारी–३ मंगलबारेस्थित मंगलबारे अस्पतालको नामाकरणको विवाद चर्कंदै गएको छ । मंगलबारे अस्पतालको नाम परिवर्तन गरी ‘मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर’ बनाउने प्रदेश सरकारको निर्णयविरुद्ध स्थानीय आन्दोलित भएपछि नामाकरण विवाद चुलिएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्