विस्थापित परिवार तीन दिनदेखि सडकमा
नदीमा आएको बाढी बस्तीमा पसेर विस्थापित भएका कैलाली भजनीका दुई हजार परिवार शुक्रबार साँझसम्म घर फर्कन सकेका छैनन्। उनीहरू तीन दिनदेखि हुलाकी सडक किनारमा बसिरहेका छन्।
नदीमा आएको बाढी बस्तीमा पसेर विस्थापित भएका कैलाली भजनीका दुई हजार परिवार शुक्रबार साँझसम्म घर फर्कन सकेका छैनन्। उनीहरू तीन दिनदेखि हुलाकी सडक किनारमा बसिरहेका छन्।
गुल्मीमा पहिरोमा परेर एकै परिवारका चार जनाको मृत्यु भएको छ। रुरुक्षेत्र गाउँपालिका ५ अन्र्तगत टाहाटिम नजिकै आँटीपाटामा शुक्रबार राति स्थानीय राजु माझीको घर पहिरोले पुरिएको हो।
बाढीमा बगेर बेपत्ता थप एक व्यक्तिको शव भेटिएको छ। बेपत्ता भजनी नगरपालिका–८ काँडाका ४२ वर्षका इश्वर शाहीको शव आज बिहान साढे आठ बजेतिर भेटिएको हो।
दैलेखको दुल्लु नगरपालिका–५ पोखराकी रीता धमाला पोखरेलले दुल्लु अस्पतालमा साउन १३ गते छोरालाई जन्म दिइन्। सुत्केरी हुँदा रक्तश्राव नरोकिएन्। थप उपचारका लागि रीतालाई कर्णाली प्रदेश अस्पताल सुर्खेत ल्याउनुपर्ने भयो।
कर्णालीमा मनसुन सुरु भएयता यस वर्ष बाढी पहिरोमा परेर ३४ जनाको मृत्यु भएको छ, भने आठजना बेपत्ता छन्। यस वर्ष बर्खामा दुई करोड ९१ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको छ। बाढी पहिरोमा परेर सुर्खेत, सल्यान र दैलेखमा एक÷एक, जाजरकोटमा १५, कालीकोटमा १२ र रुकुम पश्चिममा चारजनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
कर्णालीमा मनसुन सुरु भएयता यस वर्ष बाढी पहिरोमा परेर ३४ जनाको मृत्यु भएको छ भने आठजना बेपत्ता छन् । यस वर्ष वर्षामा दुई करोड ९१ लाख रूपैयाँ बराबरको धनमाल क्षति भएको छ ।
सुदूरपश्चिममा मंगलवार रातिदेखि आएको अबिरल बर्षाका कारण आएको पहिरो र बाढीले ठूलो क्षति गरेको छ। पहाडी जिल्लामा पहिरोले र तराईमा बाढीले जनजिवन अस्तव्यस्त बनाएको छ।
म्याग्दीको धवलागिरी गाउँपालिका–६,मराङमा पहिरोले खानेपानीको मुहान पुरिदिएपछि खानेपानीको समस्या देखिएको छ। गत असार २६ गते विहान आएको पहिरोले गाउँ नजिकै रहेको मुहानसँगै पानी वितरण गरिने मुख्य ट्यांकी, पाइप बगाउँदा विस्थापितलाई पिउने पानीको समस्या भएको हो।
मंगलबारदेखिको अबिरल वर्षाका कारण विभिन्न नदीमा आएको बाढीपहिरोमा परी मुलुकभरमा १४ जनाको मृत्यु भएको छ भने ७ जना हराइरहेका छन्। बाढीपहिरोमा परी कालिकोटमा १०, दाङमा २, उदयपुरमा १ र धनगढीमा १ जनाको ज्यान गएको छ भने धनगढीमा ४ तथा कालिकोट, सुर्खेतमा र धनगढीमा १÷१ जना गरी ७ जना हराइरहेका छन्।
गएरातिदेखि भइरहेको अविरल वर्षासँगै कैलाली जिल्लाको काँडा नदीमा आएको बाढीमा बगेर स्थानीय तीन जना बेपत्ता भएका छन् । भजनी नगरपालिका–८ का ईश्वर शाह, चक्र विक र ११ वर्षीय स्केल चौधरी नदीको बाढीमा बगेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रतिक विष्टले जानकारी दिए ।
बाढीले घर भत्किएपछि उनको घरमा पनि खानेकुरा तथा लत्ताकपडा केही छैनन् । ‘न बस्ने बास रह्यो न खाने कुरा नै छ हामी त बर्बाद भयौं’ चमारले भने । सोमबारदेखि निरन्तर भइरहेको वर्षाले पुनः यहाँ डुबाल परेको छ ।
नवलपरासीको सुस्ता गाउँपालिका ५ स्थित नारायणी पारीको सुस्ताकी पार्वती भरको घर बाढीले भत्काइ दिएको ७ दिन भयो । साउन ६ गते बस्ती पसेको नारायणीले घरसंगै लत्ताकपडा अन्नपात सबै नास गरीदियो । बाख्रा, कुखुरा बाढीमै बगे ।
बाढी पूर्वानुमान महाशाखाले मंगलबार बिहान जारी गरेको ‘बाढी पूर्वानुमान बुलेटिन’अनुसार आगामी तीन दिन अर्थात् मंगलबारदेखि शुक्रबारसम्म देशभर बाढीको उच्च जोखिम छ ।
हामीले भन्ने गरेका विकासलाई विपद्सँग जोडेर हेरौँ । नेपालमा मुख्यरूपमा विकासका रूपमा सडक विस्तार, सहरीकरण, भौतिक संरचना निर्माण आदि विशेषगरी विपद्सँग जोडिएका छन् ।
निरन्तरको वर्षाका कारण राष्टकोट नगरपालिका र पचालझरना गाउँपालिका जोड्ने फुगाडखोला माथिको मोटरेवल पुल पनि बगाएको छ। कर्णाली करिडोर अन्र्तगत पर्ने फुगाड खोलाको मोटरेवल पुल बगाएको डिएसपी ओलियाले जानकारी दिए।