७ आश्विन २०८१ सोमबार
image/svg+xml

बैंकबाट ऋण काढेर खेती गरेका किसान मर्कामा

अत्यधिक वर्षाका कारण बालीनालीमा नोक्सानी भएपछि कञ्चनपुरका किसानलाई चाडपर्वका बेला रोएर बस्नुपर्ने अवस्था भएको छ। बैंकबाट ऋण काढेर खेती गरेका किसान मर्कामा परेका छन्।

बैतडीका ग्रामीण सडक अवरुद्ध

बेमौसमी वर्षाले बैतडीका ग्रामिण सडकमा सवारी साधन चल्न सकेका छैनन्। सवारी साधन नचल्दा दैनिक उपभा्ग्य समानदेखि आवतजावत गर्न समस्या भएको स्थानीय बताउँछन्।

बेमौसमी वर्षाले सिन्धुलीमा साढे ३ सय बढी हेक्टर जमिनको धानमा क्षति

अत्याधीक वर्षाका कारण सिन्धुलीमा करिब साढे ३ सय ३३ हेक्टर जमिनको धान बाली क्षति भएको कृषि ज्ञान केन्द्र सिन्धुलीका कार्यालय प्रमुख सुजन अमागाईले जानकारी दिए।

अर्थमन्त्रीसँग छलफल

अर्थमन्त्री जनार्दन शर्मा र नेपालका लागि बेलायतका राजदूत निकोला पोलिटबीच जलवायु परिवर्तन लगायतका विषयमा छलफल भएको छ।

धानबालीमा सवा आठ अर्बको क्षति

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आइतबार सार्वजनिक गरेको तथ्यांक अनुसार मुलुकका सातै प्रदेशमा गरी धानबालीमा ८ अर्ब २६ करोड ८० लाख रूपैयाँ बराबर क्षति पुगेको हो।

अतिवृष्टिबाट पीडित नागरिकलाई तत्काल राहतको व्यवस्था गरः अध्यक्ष ओली

शनिबार पार्टीको वडा अधिवेशनहरुको भर्चुअल रुपमा उद्घाटन गर्दै उनले वर्षात्को मारमा परेकाहरुलाई राहत दिने र उद्धार कार्यमा संलग्न पार्टीका नेता, कार्यकर्तालाई पनि धन्यवाद दिए।

विराटनगर विमानस्थल शनिबारदेखि सञ्चालनमा आउने

प्राधिकरणले बिहानदेखि साँझ ५ बजेसम्म दिउँसोको समयमा मात्रै मौसम अनुकूल उडान गर्ने गरी अनुमति दिएको हो।

फेरि बदली र वर्षा

हाल नेपालमा असर गर्ने उल्लेखनीय मौसमी प्रणाली नरहे पनि देशभर आंशिकदेखि सामान्य बदली र केही स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

विपत्तिमा किसानलाई राहत

नेपाली किसानले भोगेको क्षतिलाई जलवायुजन्य हानि नोक्सानी (लस एन्ड डेमेज) प्रमाणित गरिँदा जलवायुसम्बन्धी पेरिस सम्झौता (२०१५) ले यसप्रकारको संकटसँग जुध्न अन्तर्राष्ट्रिय समुदायले आवश्यक वित्तीय सहयोग, प्रविधि हस्तान्तरण तथा अन्य सहयोग उपलब्ध गराउनुपर्ने व्यवस्था गरेको छ।

वर्षा र हिमपातले हिमाली जिल्लाको पर्यटन प्रभावित

लगातारको वर्षा र हिमपातले हिमाली जिल्लाको पर्यटन क्षेत्र प्रभावित भएको छ। हिमाली जिल्ला मनाङको माथिल्लो भेगमा पुगेका पर्यटक हिमपातका कारण गन्तव्यमा पुग्न पाएका छैनन्। अर्काे हिमाली जिल्ला मुस्ताङ घुम्न गएका पर्यटकले पनि स्थलमार्गमा निकै नै सकस खेप्नु परेको छ।

बेमौसमको वर्षा: अहिलेसम्म ८८ जनाको मृत्यु, ३० बेपत्ता

वेमौसमी वर्षा पछि आएको बाढीपहिरो र डुबानबाट आज बिहानसम्ममा मुलुकका विभिन्न जिल्लामा ८८ जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ।

गोरखामा ट्रक दुर्घटना: घटनास्थलमै चालकको मृत्यु

गोरखाको आरुघाट गाउँपालिका १ मान्बुको डुन्डुरे खोलामा गए राति ट्रक खस्दा चालक धादिङ जिल्ला गंगाजमुना गाउँपालिका ७ का ३३ वर्षिय मनोज श्रेष्ठको घटनास्थलमै मृत्यु भएको छ।

किसानलाई पानी पीडा : रहेन खेती, धानमा क्षति

चाँडै पाक्ने धान लगाएका गौरीगंगा–७, का किसान गंगाराम चौधरीले धान भित्र्याइ सके पनि सोही खेतमा छरिएको तोरी र मसुरो काम नलाग्ने भएको छ।

पहिरोले घर पुर्दा छ जनाको मृत्यु

डिएसपी शर्माका अनुसार र्खेल गाउँका केही घरहरु पहिरोको जोखिममा छन्। ति घरका मानिसहरुलाई आफन्तको सुरक्षित घरमा बस्न सल्लाह दिइएको उनले बताए।

बाढीपहिरो अपडेटः मृत्यु हुने ३१ पुगे, ४३ सम्पर्कविहीन

केही दिनदेखिको अविरल वर्षापछि आएको बाढीपहिरो र डुवानमा परेर मुलुकका विभिन्न जिल्लामा ३१ जनाको मृत्यु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्